नेपाली कम्युनिष्ट पार्टीको आज विराटनगरमा एकता सन्देश सभा

imagesimages

 

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज पोखरामा सभा गर्ने भएको हो ।

Nepal life insurance

नेपाली कम्युनिष्ट पार्टीले यसअघि  शुक्रबार धनगढीमा, शनिबार दाङको देउखुरीमा र आइतबार गण्डकीको पोखरामा एकता सन्देश सभा गरेको थियो ।

आज विराटनगरमा हुने सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेत मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते,  प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते र बाग्मती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा गर्ने जानकारी दिएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु