अर्घामा भएको मुटु स्वास्थ्य शिविरमा १ सय १२ जनाले लिए सेवा (तस्बिर सहित )

imagesimages

अर्घामा भएको मुटु स्वास्थ्य शिविरमा १ सय १२ जनाले लिए सेवा

-गोपाल प्रसाद भट्टराई

मंसिर–१६, अर्घाखाँची  – अर्घाखाँचीको अर्घा रहिसचौरमा सम्पन्न एक दिने मुटु स्वास्थ्य शिविरमा १ सय १२ जनाले सेवा लिएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा सोमबार सम्पन्न शिविरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडे र डाक्टर अभय पोख्रेलले बिरामीको जाँच गर्नुभएको हो ।

May be an image of one or more people, hospital and textNepal life insurance

जसमा १ सय १२ जनाको सुगर, प्रेसर र मुटु परिक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ । शिविरमा २६ जनाको इसिजी गरिएको छ । १५ जनालाई नियमित मुटुसम्बन्धि औषधि सेवन गर्न डाक्टरको सल्लाह छ ।

May be an image of table and text

अर्घाखाँची हस्पिटल प्रा.लि.चुत्राबेसी, लायन्स कल्ब अफ अर्घाखाँची र भोजराज–पवित्रा स्मृति प्रतिष्ठान अर्घाखाँचीको समेत सहयोगमा सम्पन्न शिविरमा सहभागीलाई आवश्यक औषधि सहित सम्पूर्ण सेवा निशुल्क गरिएको हो ।

May be an image of one or more people and temple

कार्यक्रममा वडाध्यक्ष पदम बहादुर भुसाल, प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद भुसाल, सचिव मेनुका पौडेल, अर्घाखाँची हस्पिटल प्रा.लि.चुत्राबेसीका सुर्य थापा र लायन्स कल्ब अफ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसाल, उपाध्यक्षद्धोय मिरा के.सी. सेजवाल र  प्रदिप आचार्य लगायतले सहजीकरण गर्नुभएको आयोजकले जनाएको छ ।

May be an image of one or more people and people studying

बुटवल तथा काठमाडौंमा गइ मुटुको उपचार पश्चात औषधि सेवन गरिहरका तर आर्थिक अभावले फ्लोअपमा जान नपाएका तथा उपचार गर्नबाटै बन्चित भएकाहरुलाई टेवा पुगोस् भन्ने हेतुले शिविरको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष भुसालको भनाई छ ।

May be an image of one or more people and text

शिविरमा सुगर, प्रेसर र हृदयघात भइ औषधि खाइरहेका बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेको भनाइ छ ।

May be an image of one or more people and people studying

पछिल्लो समय व्यस्त तथा शौखिन जीवनशैली, अस्वस्थ खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै डाक्टर बन्जाडेले चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा नखान सुझाव दिनुभएको छ । यसबाहेक मुटु स्वस्थ राख्न नियमित व्यायाम गर्न, आफूलाई अल्छी नबनाउन पनि उहाँको सुझाव छ ।

May be an image of one or more people

“व्यस्त जीवनशैली, प्याकेटका खानेकुराको अत्याधिक प्रयोग, अशुद्ध खानेकुरा, केमिकल जन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, प्रकृतीसंगको दुरी बढ्नुको कारणले आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।” डाक्टर बन्जाडेले भन्नुभयो, “साना नानीहरुलाई मुटुलाई खराब गर्ने खानपान र रहनसहनबाट टाढै राख्नुपर्छ ।”

May be an image of temple and text that says "अर्घाखांची शविर S4"

हार्ट फाउन्डेशन अर्घाखाँँचीले शरिरको प्रमुख अंग मुटु सुरक्षित रहेमात्रै ज्यान स्वस्थ रहने भन्दै समय÷समयमा जिल्लाका बिभिन्न स्थानमा सचेतना अभियान संगै स्वास्थ्य परिक्षण शिविर समेत संचालन गर्दै आइरहेको छ ।

थप तस्बिर ः

May be an image of one or more people, people studying, people smiling, table, sherpa coat and chess

May be an image of one or more people, people smiling, hospital and text

May be an image of ‎one or more people, people studying, hospital and ‎text that says "‎Don't Miss Beat ع नेणाल हृदय रोग निवारण शाखा, अ्घाखॉची प्ति्ठान जिश्शुल्क मुटु जाच शिविर م٤- 전번의 Se PEEO 2- aedora 可 शिकारण प्रिठाब नरथीथी‎"‎‎

May be an image of one or more people, temple and text

May be an image of one or more people, people studying, hospital and text

May be an image of one or more people, people studying and text that says "नेपाल हृदय रोग निवारण अर्घाखांची प्तिष्ठान शाखा, निःशुल्क मूट जॉच शिविर २१२/6 महे रहिवंदीर सधीेर स.म. प्रतिष्ठान"

May be an image of one or more people and temple

No photo description available.

Nepal life insurance