



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
मंसिर–१९, अर्घाखाँची – अर्घाखाँची युवाबर्ष जनाता रविचित्र मा.वि. सन्धिखर्क–१, हटारीनेटाका दृष्टिविहिन विद्यार्थिलाई न्यानो कपडा र खाद्यान्न बितरण गरिएको छ ।


३४ औं अन्तराष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुको दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले तातो कपडा ब्लाकेंट र महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा सन्धिखर्कले खाद्यान्न प्रदान गरेका हुन् ।

विद्यालयमै आवासिय रुपमा अध्यनरत १० जना दृष्टिविहिन विद्यार्थिलाई दिवसको अवसरमा बुधबार एक कार्यक्रमको बिच यि दुई निकायले खाद्यान्न र कपडा बिरतण गरेको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरउप–प्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर तिर्थ क्षेत्री, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा सन्धिखर्क प्रमुख बेलकुमारी परियार, वि.व्य.स.अध्यक्ष प्रेम खनाल लगायतको बिशेष उपस्थितिमा विद्यार्थिलाई सहायता सामाग्री हस्तान्तरण गरिएको हो ।


जाडो याममा न्यानो कपडा र खाद्यान्न पाएपछि ति विद्यार्थिहरू हर्षित भएका छन् भने वक्ताहरुले दृष्टिविहिन विद्यार्थिहरुको लागि हौसला र राहत मिलेको बताउनुभएको छ ।
थप तस्बिरः









