



काठमाडौँ । ‘कमरेड जलजला उपन्याशसको विवेचना’ नामक पुस्तक विमोचन गरिएको छ । शनिवार काडमाडौमा आयोजित एक कार्यक्रममा वामपन्थी नेपाल मोहनविक्रम सिंहले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । वामपन्थी नेता मोहनविक्रम सिंहले जलजला उपन्यासले कर्म गर्ने तर व्यक्तिगत फलको आश गर्न नहुनेमा जोड दिएको बताउनु भयो । उपन्यासको मुख्य उदेश्य संसारलाई आमामय बनाउने रहेको उल्लेख गर्नुभयो ।


आमाले आफ्ना सन्तानहरुलाई निस्वार्थ माया गरेजस्तो सबैले निस्वार्थ भावले माया गर्न उपन्यासले आह्वान गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘उपन्यासको मुख्य उदेश्य हो, सारा संसारलाई आमामय बनाउने, आमामय बनाउनुको अर्थ हुन्छ, सबै मानिस हुने, मानिसहरुले आफ्ना सन्तानहरुलाई जस्तै निस्वार्थ भावले माया गर्छन्, त्यसैगरि नै माया गरौँ ।’
नेता दीनानाथ शर्माले उपन्याशमा सिंगो कम्युनिष्ट आन्दोलन भएको बताउनु भयो । उहाँले जलजला साहित्यक उपन्यास मात्रै नभएर दर्शन, विचार, सिद्धान्त, राजनिति, समकालिन युग सबै भएको बताउनु भयो । नेपालको सिंगो कम्युनिष्ट आन्दोलन जलजला उपन्यासमा पढ्न पाईने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘उपन्यासमा पनि सिंगो कम्युनिष्ट आन्दोलन छ । उपन्यास मात्रै होईन यो । मैले मनोजजीको पुस्तक पनि हेरे उँहाँले पनि यही कुरालाई जोड दिनुभएको छ । यो उपन्यास साहित्यिक कृति मात्रै होईन । यहाँ दर्शन छ, विचार छ, सिद्धान्त छ, राजनिति छ, समकालिन युग छ । नेपालको सिंगो कम्युनिष्ट आन्दोलन हामीले जलजला उपन्यासमा पढन पाउँछौँ ।’
मोहन विक्रम सिंहले लेख्नुभएको जलजला उपन्यासलाई मनोज भट्टले विवेचना गरेर उक्त पुस्तक लेख्नुभएको हो ।



