धादिङको धुनिबेसीमा ७ सवारी साधन एकै ठाउँमा दुर्घटना

imagesimages

 

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा ७ सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।

Nepal life insurance

स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

Single Image

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । हाल दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । दुर्घटनापछि यातायात दुइतर्फी अवरुद्ध भएको छ भने घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

 

Nepal life insurance