काठमाडौँ महानगरले बनायो ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’, उपमेयर डंगोलले गरिन उद्घाट

imagesimages

 

काठमाडौँ । काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन् ।

महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५औँ स्मृति दिवसको अवसरमा भवन उद्घाटन गरेकी हुन् । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

Single ImageNepal life insurance

भवन निर्माणका लागि २०८० चैत ७ मा कार्यादेश दिएको दिइएको थियो । भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल छ । भवनको वाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ । प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट रहेको भवनको क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ ।

भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । यसलाई संग्रहालय बनाउने योजना छ ।

 

Nepal life insurance