



काठमाडौं – लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ।
मात्र एक खेल हारेर फाइनलमा पुगेको सुदरलाई निरिह बनाउँदै ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो।

फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहितलर ह्याट्रिक सहित ३ विकेट लिंदा ट्रम्पलम्यान र शेरले पनि ३ विकेट नै झारे। पहिलो संस्करण लिग तालिकाको पुछारमा रहेको लुम्बिनीको उपाधि सम्मको यात्रा सानदार रहयो। लुम्बिनीले लगातार ६ खेल जितेर च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख जितेको छ।

जितको लागि ८६ रनको सहज चुनौती लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। ८५ रन डिफेन्ड गर्न सुदुरलाई लगभग असंभव थियो। जहाँ पहिलो ओभर बलिङ गर्न कप्तान दीपेन्द्र आए। यो निर्णय पनि गलत भयो। यो ओभरमा दिनेश अधिकारीले दीपेन्द्रलाई ४ छक्का प्रहार गरे। पहिलो ओभरमा २७ रन जोड्दै लुम्बिनीको जित सहज बनाए। जुन पहिलो पावर प्लेमा सुदुरले बनाएको भन्दा ७ रन बढी हो। साथै सुदुरले आफ्नो इनिङमा ४ छक्का प्रहार गर्यो। लुम्बिनीले पहिलो ओभरमा नै ४ छक्का प्रहार गर्यो।

पहिलो ओभर सकिंदा भने लुम्बिनीलाई यसपछि जितको लागि ५९ रन जरूरी थियो। दिनेशले बिष्फोटक ब्याटिङ गरे। ४ ओभर १ बलमा १४ रन बनाएका डार्सी सर्ट हेमन्त धसमीको बलमा बोल्ड आउट भए। पहिलो विकेट गुमाउँदा लुम्बिनीले ५८ रन बनापसकेको थियो।
दोस्रो विकेटको रूपमा दिनेश आउट भए। १३ बल खेल्दै १ चौका र ५ छक्का सहित ४२ रन बनाए। बिष्फोटक ब्याटिङ गर्दै जितलाई निकै सहज बनाए।
यसपछि रोहित क्रिजमा छिरे। पहिलो पावर प्लेमा ६७ रन जोडेसँगै जितको लागि मात्र १९ रन जरूरी थियो। यसपछि रोहित अविनाश बोहराको बलमा १६ रनमा आउट भए। उनी आउट हुँदा जुतको लागि मात्र २ रन जरूरी थियो। अविनाशले पनि आफ्नो विकेट सङ्ख्या १७ पुर्याए।
मात्र २ रन जोड्न संघर्ष गर्यो। सन्दीप जोरा गोल्डेन डक आउट हुँदा जितको लागि १ रन जरूरी थियो। दीलिप नाथले १ रन जोडेसँगै लुम्बिनी ६ विकेटको जित निकाल्न सफल रहयो।

बलिङमा हेमन्त धामीले २ तथा अविनाश र दीपेन्द्रले १/१ विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे। सुदूरपश्चिम २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनायो।
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई लुम्बिनीका बलरले गलत तुल्याइदिए। जब पहिलो पावर प्लेमा सुदूरपश्चिम ३ विकेट गुमाएर मात्र २० रनमा रोकियो। जारी एनपिएलमा पहिलो पटक दुई नेपाली ब्याटर विनोद भण्डारी र इशान पाण्डे सुदूरपश्चिमको ओपनिङमा आए।
पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद गोल्डेन डक आउट भए। ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीद्वारा क्याच आउट भए। तेस्रो ओभरमा वान डाउनमा आएका सेल्डन ज्याक्सन १ रनमा ट्रम्पलम्यानकै बलमा एलबिडब्लु धरापमा परे। दोस्रो विकेट गुमाउँदा मात्र ७ रन बनाएको थियो।
लगत्तै आरिफ शेख ६ रन जोडेर शेर मल्लको बलमा एलबिडब्लु आउट भए। १९ रन जोड्दा ३ विकेट गुमाएसँगै सुदूरपश्चिम दबाबमा आयो। १० ओभर सकिंदा ४१ रनमा समेटियो।
११ औं ओभरमा सुदूरपश्चिमलाई फेरि झट्का लाग्यो। कप्तान रोहित ह्याट्रिक विकेट लिन सफल रहे। ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान तथा भरपर्दा खेलाडी दीपेन्द्र १३ रनमा ट्रम्पलम्यानद्वारा क्याच आउट भए।
सोही ओभरको पाँचौं बलमा दीपक बोहरालाई गोल्डेन डक आउट गरे। उनी सन्दीप जोराद्वारा समातिए। यसपछि यो ओभरको छैटौं तथा अन्तिम बलमा पुनित मेहरालाई पनि गोल्डेन डक आउट गरे। उनी एलबिडब्लु आउट भए।
रोहित एनपिएलमा नै ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने। यसअघि काठमाडौं गोर्खाजका साहब अलामले पोखरा एभेन्जर्स विरूद्ध ह्याट्रिक विकेटको सफलता प्राप्त गरेका थिए। ११ ओभर सकिंदा ४४ रन बनाउँदा सुदूरपश्चिम संकटमा पर्यो।
ओपनर इशान बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। हर्मित सिंहलाई शेरले डार्सी सटद्वारा क्याच आउट गराए। उनले मात्र १० रन बनाएका थिए। निरिह बनेको सुदूरपश्चिम आठौं विकेटको रूपमा ओपनर इशानलाई शेरले आउट गरे।
१६ औं ओभरको तेस्रो बलमा ५१ बलमा १ चौका सहित ३३ रन बनाएका इशान मोभिन शुभासिंगाद्वारा क्याच आउट भए। उनी नै सुदूरपश्चिमका लागि सर्वाधिक रन जोड्ने खेलाडी बने। ८ विकेटको नोक्सानीमा सुदुरले ७१ रन बनायो।
नवौं विकेटको रूपमा स्कट कुगेलेन १० रन बनाएर तिलक भण्डारीद्वारा आउट भए। स्कट १० रनमा आउट भएसँगै सुदूरपश्चिम ८५ रनमा अल आउट भयो।
बलिङमा ट्रम्पलम्यानले २ ओभर १ बलमा ३ रन दिएर ३ विकेट लिंदै सानदार प्रदर्शन गरे। रोहितले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए। उनले यो सिजन कुल १० विकेट आफ्नो नाममा लेखाए।

त्यस्तै यस्तै शेरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। यो सँगै उनले विकेट सङ्ख्या १७ पुर्याएका छन्।
लुम्बिनीले लिग चरणमा ४ जित र तीनमा हार बेहोर्यो। यसपछि एलिमिनेटर, क्वालिफायर टु र फाइनल जितेर उपाधिको हकदार बनेको हो। लिग चरणको लगातार तीनबखेल हारे पश्चात पोखरालाई हराएर जितको मोमरन्टम पाएको थियो।



