सुदूरपश्चिम फेरि असफल, लुम्बिनी च्याम्पियन

imagesimages

 

काठमाडौँ ।  फाइनलमा पनि उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि उचालेको छ ।
कीर्तिपुरमा सम्पन्न फाइनलमा उत्कृष्ट बलिङ गरेपछि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सहज जितसँगै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । यससँगै सुदूरपश्चिमले लगातार दोस्रो सिजनमा पनि फाइनलमा हार बेहोरेको छ ।

May be an image of text

पहिलो सिजनमा सुदूरपश्चिम बोल्ट्सँग पराजित भएको थियो । यस सिजन भने जनकपुर प्लेअफमा नै पुग्न सकेन । सुदूरपश्चिमले लिग र पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, फाइनलमा एकपल्ट फेरि असफल भयो । यसअघि सुदूरपश्चिमले एक मात्र हार लिगमा विराटनगर किङ्ससँग बेहोरेको थियो । सिजनभर उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम र पछिल्ला खेलमा राम्रो लयमा रहेको लुम्बिनीबीच रोमाञ्चक उपाधि भिडन्त हुने अनुमान थियो । तर, फाइनल पूर्ण रूपमा लुम्बिनीकै पक्षमा नै रह्यो ।

Nepal life insurance

टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय निकै खराब साबित भयो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८६ रनको झिनो लक्ष्य दियो । जुन लक्ष्य लुम्बिनीले ९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीले पहिलो ओभरमै २७ रन जोड्दै सहज जितको आधार बनायो । कप्तान दीपेन्द्र सिंह ऐरीको बलिङमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले चार छक्का हिर्काउँदै उत्कृष्ट सुरुआत दिलाए । यसपछि सुदूपश्चिमले कसिलो बलिङ गरे पनि सफलता पाउन सकेन । दिनेशले १३ बलमा ४२ रन जोडेर आउट भए । उनको इनिङमा एक चौका र पाँच छक्का रह्यो ।

अर्का ओपनर डार्सी सट ११ रन बनाएर आउट भए । निरोसान डिकवेला ११ रनमा अविजित रहे ।
जितका लागि दुई रन आवश्यक हुँदा लुम्बिनीले लगातार दुई विकेट गुमाए पनि क्षति बेहोर्नु परेन । कप्तान रोहित पौडेल पनि १६ रनमा आउट भए । उनी र सन्दीप जोरा जितनजिक पुगेपछि आउट भए । यो रनसँगै रोहित सुदूरपश्चिमका विनोद भण्डारीलाई पछि पार्दै नेपालका लागि सर्वाधिक रनकर्ता पनि भए । विनोदले २६४ र रोहितले २७६ रन जोडे । पोखरा एभेन्जर्सका एडम रोसिङ्टन ३२३ रनसहित सर्वाधिक रनकर्ता बने ।  सुदूरपश्चिमको बलिङमा हेमन्त धामीले दुई तथा अविनाश बोहोरा र दीपेन्द्र सिंहले समान एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुदेखि नै खराब सुरुआत ग¥यो । सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा नै अलआउट हुन पुग्यो ।

ओपनर ईशान पाण्डेले ३३ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । ५१ बल खेलेका उनको इनिङमा एक चौका मात्रै रह्यो । कप्तान दीपेन्द्र सिंह १३, हरमित सिंह र स्कट कुग्गेलिन समान १० रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा नै रन बटुल्न सकेनन् । ओपनर विनोद भण्डारीले खाता खोल्न सकेनन् । त्यसपछि आएका शेल्डन ज्याक्सन १ रन र आरिफ शेख ६ रनमा आउट भए । यससँगै दबाबमा परेको सुदूरपश्चिमको ब्याटिङ समालिन नै सकेन । लुम्बिनीका कप्तान रोहित पौडेलले ११औं ओभरको चौथोदेखि छैटौं बलमा लगातार सुदूरपश्चिमका कप्तान दीपेन्द्र, दीपक बोहोरा र पुनित मेहरालाई आउट गर्दै ह्याट्रिक पनि पूरा गरे । यससँगै सुदूरपश्चिमको ब्याटिङ धरासयी नै बन्यो । दीपक र पुनितले खाता नै खोल्न सकेनन् ।

May be an image of football, American football and text that says "Α HIONS GO VANGO NO VANGO ANGO ONGO NGO ANGO ΗΔΜΡΙΟΝ"

नामिबियन बलर रुबेन ट्रम्पलमेन र स्पिनर शेर मल्लले छिट्टै विकेट लिँदै सुदूरपश्चिमलाई दबाबमा राखे । यस अघि प्लेअफका दुई खेलमा नै यी दुई नै चम्किँदा लुम्बिनीले राम्रो सुरुआत पाएको थियो । फाइनलमा पनि शेर र ट्रम्पलमेनले उत्कृष्ट लय जारी राखे । यी दुईसँगै कप्तान रोहितले समान तीन विकेट लिए । यो सफलतासँगै शेरले सर्वाधिक १७ विकेट पूरा गरे । उनीसँगै सन्दीप लामिछाने र अविनाश बोहोराको नाममा पनि समान १७ विकेट नै रह्यो । चार ओभरमा शेरले १८ रन मात्र दिए । ट्रम्पलमेनले पनि २.१ ओभरमा मात्र ३ रन खर्चिए । रोहितले पनि चार ओभरमा १२ रन मात्र दिए । तिलक भण्डारीको नाममा एक विकेट रह्यो । उत्कृष्ट बलिङ जारी राखेपछि पहिलोपल्ट प्लेअफमा पुगेको लुम्बिनीले उपाधि नै उचाल्यो । यता, सुदूरपश्चिम भने खराब ब्याटिङपछि दोस्रो पल्ट पनि उपाधि भिडन्तमा असफल भयो । च्याम्पियन लुम्बिनीले ट्रफीसँगै एक करोड लाख रुपैयाँ पनि पायो । सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा नै  चित्त बुझाउनेछ ।

 

Nepal life insurance