



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची
मंसिर–२७,अर्घाखाँची – साथी बहुउद्देश्यीय सहकारी संस्था अर्घाखाँचीको अध्यक्षमा कृष्ण प्रसाद भुसाल पून निर्वाचित हुनु भएको छ । शनिबार होटल साथीमा सम्पन्न सहकारीको ५औं वार्षिक साधारणसभाले अध्यक्ष भुसालको नेतृत्वमा नयाँ संचालक समिति, एक बर्षे निति र कार्यक्रम सर्वसहमत तय गरेको हो ।


नगगठित संचालक समितिको उपाध्यक्षमा नेत्र प्रसाद भुसाल, सचिवमा लक्ष्मीनारायण चुंदाली र कोषाध्यक्षमा रिता बन्जाडे पुन निर्विरोध चयन हुनुभएको छ । संचालक समितिको सदस्यमा व्यवस्थापक समेत रहनुभएका रामु के.सी., लक्ष्मण के.सी., देवी भुसाल, राधा खनाल र जीवन श्रेष्ठ पनि सर्वसहमत छनौंट हुनुभएको निर्वाचन समितिका सदस्य कृष्ण बर्माले जानकारी दिनुभएको छ ।

यस्तै साधारणसभाले सरोज खनाल संयोजक, प्रेम थापा र गिता वली सदस्य रहेको ३ सदस्यिय लेखा सुपरिपेक्षण समितिको गठन गरेको छ ।


सभाले संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसाल र व्यवस्थापक रामु के.सी.ले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व.२०८२÷०८३ को नीति तथा कार्यक्रम, लक्ष्य एवं् बजेट र लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीनारायण चुंदालीको लेखा सुपरिवेक्षण प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

२०७७ भाद्र १० गते स्थापना भइ ३ सय ५२ जना सेयर सदस्य रहेको यो सहकारीमा अहिले १ करोड १६ लाख बढिको कुल सम्पति रहेको छ । जिल्लामै पहिलोपटक उत्पादन, प्रशोसधन र बिक्रि केन्द्र संचालनमा ल्याएको साथी बहुउदेश्यीय सहकारीले अहिले तोरीको तेल, मह, फापरको पिठो, कोदोको पिठो र सातुको गुणस्तर चिन्ह सहित ब्राण्ड गरि बजारीकरण गरिरहेको छ ।


जिल्लामा कृषिको व्यवसायिक विकास, प्रबद्र्धन, बाँझो जग्गामा खेतीको सुरुवात, जिल्लाको उत्पादनलाई प्रशोधन, ब्राण्डिङ्ग र बजारिकरणसंगै रोजगारीको माध्यमबाट बसाइसराईमा समेत न्युनिकरण ल्याउने मूख्य उदेश्य यो सहकारीको रहेको छ ।

साधारणसभाको अवसरमा संस्थाका जेष्ठ सदस्य, असल उपभोक्ता, असल उद्यमी र पत्रकारलाई सम्मान गरिएको निवर्तमान उपाध्यक्ष गोमा सापकोट रेग्मीले जानकारी दिनुभएको छ । सोहि अवसरमा साथी बहुउदेश्यीय सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले आफ्ना दिवंगत बुवा–आमाको नाममा स्थापना गर्नुभएको भोजराज–पवित्रा स्मृति अक्षयकोषको ब्याजबाट ३० हजार बराबरको सहयोग गरिएको छ ।

जसमा गत भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा अर्घाखाँचीबाट सहिद हुनुभएका धारापानीका माधव सारुको परिवारलाई १० हजार आर्थिक सहयोग प्रदान भएको छ ।


यस्तै सन्धिखर्कका विभिन्न सामुदायिक स्कुलको प्रा.वि.तहमा अध्ययनरत बिपन्न तथा जेहेन्दार ४ जना विद्यार्थिलाई समान ५ हजारको दरले छात्रवृति प्रदान गरिएको अक्षयकोष दाताको तर्फबाट ललिता पाण्डे भुसालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष तथा साथी साकोसका सल्लाहकार प्रकाश भुसाल, जिल्ला बचत तथा रिण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष दोर्ण प्रसाद भुसाल र कृषि सहकारी संघ अर्घाखाँचीका अध्यक्ष लक्ष्मण कंडेल सहितका सहकारीकर्मि र सहकारी अभियान्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
थप तस्बिरः




















