बिना नम्बरका क्रियाशील फारम वितरण बारे कोइरालाले गराए देउवाको ध्यानाकर्षण

imagesimages

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबारको भेटवार्तामा काँग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद बारे छलफल भएको बताइएको छ । कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले बिना नम्बरका फाराम जिल्लामा पठाएको विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।

कोइरालाले क्रमसंख्या बिनाका फाराम पठाएको विषयले महाधिवेशन प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै तत्काल नम्बर भएका क्रियाशील फारम पठाउन सभापति देउवालाई आग्रह गरेका थिए ।

साथै कोइराले देउवासँग पार्टीले यस अघि विभिन्न नेताहरुलाई गरेको अनुशासनको कारबाही फुकुवा गर्न आग्रह गरेका थिए । कोइरालाले कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई साथ लिएर देउवासँग छलफल गरेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु