अर्घाखाँची: मुलुकको परिवर्तनलाई सफल पार्न शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छः नगरप्रमुख थापा (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–०१,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले नागरिकका निम्ती शिक्षा र स्वास्थ्य निःशुल्क गर्नसके मात्रै मुलुकको परिवर्तन सफल हुने बताउनुभएको छ  ।

मंगलबार भगवती माध्यमिक विद्यालय भूमिकास्थान–२ ढाकावाङ्गको ६४ औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

May be an image of text

भूमिकास्थान नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार अझै प्रतिफल आउन नसकेको बिफ्रिङ्ग गर्दै नगरप्रमुख थापाले शिक्षामा गुणस्तर सुधारको लागी सबैपक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । देशनै विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

May be an image of one or more people, temple and text

सामुदायिक विद्यालयमा विद्यार्थिको आकर्षण गर्न शिक्षकको छोराछोरी सामुदायिक स्कुलमै पढ्न सक्ने वाताबरण बनाउनुपर्ने नगरप्रमुख थापाको तर्क छ ।

May be an image of text

कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, वडा अध्यक्ष बुद्धि थापा, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, भगवति मा.वि. डेभाका प्रधानाध्यपक कृष्ण प्रसाद खनाल, वडा सदस्य नारायण प्रसाद खनाल, पूर्व प्रधानाध्यपक जीवनारायण खनाल, कमल प्रसाद खनाल, विश्व मा.वि.ढाकावाङ्गका पूर्व प्रधानाध्यापक रेणुकान्त भट्टराई, शिक्षक

May be an image of one or more people, temple and text

अभिभावक संघका अध्यक्ष राजु सुनार, ढुन्डिराज खनाल, पत्रकार जितेन्द्र खत्री लगायतले बोल्नुभएको थियो।

May be an image of temple and text

शिक्षानै समाज विकासको मुल ढोका भएकोले यसलाई उपयोगी र समय सापेक्ष बनाउनुपर्नेमा उहाँहरुको जोड छ । कार्यक्रममा फर्सुराम– काबेरी स्मृति अक्षयकोषवाट उत्कृष्ट अकं ल्याउने, अनुशासित र जेहनदार विद्यार्थिलाई पुरस्कृत गरिएको छ । भने विद्यालयका सहयोगदातालाई सम्मान गरिएको छ ।

May be an image of one or more people, temple and text

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चुरामणी खनालको अध्यक्षता, शिक्षक निता रानाको स्वागत मन्तव्य र खुम थापाको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक बिष्णु प्रसाद बेल्वासेले बार्षिक प्रगति र आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of one or more people and text

हाल उक्त विद्यालयमा २ सय ४५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

थप तस्बिरः

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple and text

May be an image of temple and text

May be an image of temple

May be an image of one or more people and text

May be an image of temple and text

Nepal life insurance

अन्य समाचारहरु