अर्घाखाँचीः व्यावसायिक कृषि बिशेष अगुवा कृषक तालिम सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–०१,अर्घाखाँची – अर्घाखाँचीको ३ वटा पालिकाका अगुवा कृषक सहभागी व्यावसायिक तरकारी खेतीको योजना निर्माण र संचालन सम्बन्धि तालिम सकिएको छ ।

May be an image of one or more people and text

कृषि व्यवसायबाट दिगो आम्दानीको आधार बनाउन, रोजगारी र उत्पादनमा आत्मनिर्भर बन्न टेवा पुगोस्, भन्ने हेतुले राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा ३ दिने तालिम दिइएको हो ।

May be an image of one or more people and textNepal life insurance

May be an image of one or more people and text

जिल्लाको सन्धिखर्क, छत्रदेव र मालारानीका ३० जना अगुवा किसानको सहभागिता रहेको तालिममा किसानलाई व्यवसायिक कृषिको खेती प्रारम्भदेखि बजार सम्मको योजना सिकाइएको आयोजक संस्थाका कार्यालय प्रमुख बिष्णु मग्रातीले जानकारी दिनुभएको छ ।

May be an image of one or more people, tree and text

images

मंसिर २७, २८ र २९ गरि ३ दिन सम्म संचालन भएको व्यवसायिक कृषिको तालिममा कृषि व्यवसायको योजना निर्माणका आधार, मौसमी तथा बेमौसमी तरकारीको

May be an image of one or more people and people studying

images

व्यवसायिक खेती गर्ने तरिका, कृषि औजार, कृषि बिमा, बिउ,मल र बिषादीको प्रयोग, कृषि व्यवसायमा नेतृत्व र व्यक्तित्व विकास संगै सफल उद्यमीका सुत्रहरु, कृषिको बजारीकरण, लाभ लागत अध्ययन बिष्लेषणको योजना लगायतका बिषयमा सिकाइएको थियो ।

May be an image of one or more people and people studyingMay be an image of studying, dais and text

images

तिन दिने कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख बिष्णु मग्राती, कृषिज्ञान केन्द्र  अर्घाखाँचीका प्रमुख बुद्धिराज

May be an image of studying and text

घिमिरे, सन्धिखर्क कृषिशाखा प्रमुख राम बहादुर थापा, कृषिज्ञान केन्द्र अर्घाखाँचीका कृषि अर्थविज्ञ बासुदेव पौडेल, कृषि अधिकृत अविशेक अर्याल, कृषि इन्जीनियर श्रीधर न्यौपाने र कृषि बिमा प्राविधिक मनोज खनाल लगायतले प्रस्तुती दिनुभएको थियो ।

May be an image of one or more people

Nepal life insurance

तालिम अन्तरक्रियात्मक बनेकाले कृषकलाई सिक्न निकै सहज भएको सहभागीले बताएका छन् ।

थप तस्बिरः

May be an image of one or more people, people studying and text

May be an image of studying and text

May be an image of studying

May be an image of studying and text

May be an image of one or more people and text

May be an image of one or more people and text

Nepal life insurance