भूमिकास्थानबासीलाई उपचारमा राहतः रुपन्देहीमा उपचार गर्दा लाग्ने रगत पालिकाले निःशुल्क उपलब्ध गराउने (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–०३,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले रुपन्देही जिल्लाभरका अस्पतालमा उपचार गर्दा लाग्ने रगत आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।

May be an image of one or more people and lightingNepal life insurance

उपचारको क्रममा रगत आवश्यक पर्ने तर अस्पतालमा रगत उपलब्ध नहुने अवस्थामा नागरिकको स्वास्थ्य सुरक्षामा सहजता होस्, भनि पालिकाले यस्तो योजना ल्याएको हो । जसलाई प्रभावकारी व्यवस्थापन गर्न भूमिकास्थान नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाबीच सम्झौता भएको छ ।

May be an image of one or more people, hospital and text

सम्झौतामा रुपन्देही रेडक्रसले भूमिकास्थानका आम नागरिकलाई आवश्कय रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउने र पालिकाले आवश्यक लागत रेडक्रसलाई
भुक्तानी गर्ने सहमती गरिएको भूमिकास्थानका स्वास्थ्यशाखा प्रमुख शुरेस प्रसाद गैरेले जानकारी दिनुभएको छ ।

May be an image of one or more people and text

भूमिकास्थानबासीलाई बिरामी पर्दा चाहिने रगतको अभावले ज्यान अप्ठ्यारोमा नपरोस् र उपचारमा सहज होस्,भन्ने हेतुले यो सम्झौता गरिएको नगरप्रमुख झविलाल थापाको भनाई छ । भूमिकास्थान नगर प्रमुख थापा र रुपन्देही रेडक्रसका सभापति रामचन्द्र उपाध्यायले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

May be an image of one or more people and text

सम्झौता कार्यक्रमको साक्षीको रूपमा पालिकाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख गैरे र रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक शुसिल गुरुङ रहनुभएको छ ।
सम्झौता अनुसार भूमिकास्थानका आम नागरिकले रेडक्रस रुपन्देही शाखा अन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) बाट निःशुल्क रगत तथा रक्ततत्व प्राप्त गर्न सक्नेछन् । यसरी रगत तथा रक्ततत्वको सेवा लिनको लागि भूमिकास्थानको बासिन्दा भएको प्रमाण खुल्ने कुनैपनि परिचयको कागजात पेश गर्नुपर्नेछ ।

May be an image of one or more people

आकस्मिक अवस्थामा कागजात तत्काल पेश गर्न नसकेमा पहिले सेवा शुल्क बुझाई २४ घण्टाभित्र कागजात पेश गरेमा उक्त रकम फिर्ता गरिने सहमती गरिएको छ ।
सम्झौता अनुसार वर्षमा दुई पटक रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिने नगरप्रमुख थापाले बताउनुभएको छ ।

May be an image of one or more people

यो सम्झौताले नगरवासीको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख थापाको विश्वास छ ।  यो सम्झौता अनुसार रक्तसेवा २०८३ साल असार मसान्तसम्म लागू हुनेछ ।

 

Nepal life insurance

अन्य समाचारहरु