लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुदै, चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने

imagesimages

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।

Nepal life insurance

प्रवक्ता मनिष झाक अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।

 

Nepal life insurance