



-अनिल नेपाली सन्धिखर्क, अर्घाखाँची।
अर्घाखाँची। अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको नयाँ व्यवस्थापन समिति चयन गर्ने उद्देश्यले आज सम्पन्न आम उपभोक्ता भेलाले १९ सदस्यीय अधिकारप्राप्त समिति गठन गरेको छ।


भेलाले सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष चुरा बहादुर केसी, सितगंगा नगरपालिका वडा नं. २ का वडा सदस्य नेत्रबहादुर गुरुङ, सन्धिखर्क वडा नं. ७ का संस्थापक अध्यक्ष प्रितम बहादुर थापा तथा सितगंगा वडा नं. २ का संस्थापक अध्यक्ष गोर्वदन थापा लगायत १९ जनालाई नयाँ व्यवस्थापन समिति चयन गर्ने पूर्ण अधिकार प्रदान गरेको हो।


अधिकारप्राप्त समितिलाई सर्वपक्षीय, समावेशी र सहमतिमा आधारित व्यवस्थापन समिति गठन गर्न २० दिनको समयसीमा तोकिएको छ।

आम उपभोक्ता भेलाले सन्धिखर्क नगरपालिकाको कार्यालयबाट मंसिर २९ गते प्राप्त पत्रप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, आम उपभोक्ताको राय, सल्लाह र सुझावविना गरिने कुनै पनि निर्णय मान्य नहुने स्पष्ट निर्णयसमेत गरेको छ।









