गोरखा सेवा समाज कतारको २३ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न। (तस्बिर सहित )

imagesimages

 

दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो।

May be an image of one or more people and daisNepal life insurance

समाजका संस्थापक सदस्य बुधबल गुरुङले समाजको स्थापना देखि हालसम्मको यात्रा स्मरण गर्दै, डिसेम्बर १२, २००३ मा कतारको अलफ्रदान नजिकको पार्कमा “गोरखा प्रवासी संघ”को नामबाट समाज स्थापना भएको जानकारी गराउनुभयो।

May be an image of one or more people, christmas tree and text

कार्यक्रमको आकर्षणका रूपमा नेपालबाट आमन्त्रित सारेगमा लिल च्याम्प सिजन–१ का फाइनलिस्ट गायक अरुण सुनारले “वारी जमुना पारी जमुना” प्रस्तुत गरे। कतारमा रहेका गायक संगीत बिसी र पुकार थापा तथा गायिकाहरू रेश्मी सेन्चुरी, तारा बिसी र गुना मगरले आफ्ना उत्कृष्ट प्रस्तुतीमार्फत दर्शकहरूलाई छमछमी नचाएका थिए।

May be an image of one or more people and text

त्यस्तै, सम्झना गुरुङ र सानुमाया गुरुङले युगल नृत्य प्रस्तुत गरे भने सरिता बान्तवा राई, सृष्टि लामा, प्रिया लामा, सानुमाया र सलिना सीं ठकुरीले एकल नृत्यद्वारा कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।

May be an image of one or more people and text that says "M"

कार्यक्रमको सभाध्यक्षता अध्यक्ष विकास श्रेष्ठले गर्नु भएको थियो भने ग्लोबल गोरखा समाज उपाध्यक्ष श्रीकृष्ण भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कतारमा स्थापित दर्जनौं संघसंस्था, सामाजिक, व्यवसायी र बौद्धिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको सहजीकरण महासचिव रुद्र भट्ट र सचिव पवन गुरुङले गरेका थिए।

May be an image of one or more people, lighting, dais and text

सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकारहरूलाई सम्मानपत्र र पारिश्रमिकसहित सम्मान गरिएको थियो।

May be an image of dancing and text

समाजको वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा पनि सार्वजनिक गरिएको थियो।

भाग्यशाली चिट्ठा नतिजा:

  • प्रथम पुरस्कार (ल्यापटप): चिट्ठा नं. १६३९

  • दोस्रो पुरस्कार (४२ इन्च स्मार्ट टिभी): चिट्ठा नं. २९७२

  • तेस्रो पुरस्कार (स्मार्टफोन): चिट्ठा नं. २२८२

  • सान्त्वना पुरस्कार (स्मार्ट घडी) – १५ विजेता: १५७०, ११८४, १२६३, २०७५, १५८७, १०७५, १८७०, १६४९, १८९४, १५६४, २७६३, २८६३, २२६४, २६१२, १४२८

कार्यक्रमले गोरखा सेवा समाज कतारको सांस्कृतिक, सामाजिक र समर्पित सेवाको प्रतिबद्धतालाई प्रष्ट रुपमा प्रस्तुत गरेको छ र समाजका सदस्य तथा शुभचिन्तकहरूका लागि अविस्मरणीय अवसर सावित भएको छ।

May be an image of flute, dais and text

May be an image of smiling and text that says "ਰਹत कर्मलेरे सेवा गरी| गोरखा सेवा समाज फतार Gorkha GorkhaWelfare Welfare Society, Qatar 2003 શ३ૂ औ स्थापव सको अवसरमा शुभकामना आदान प्रदान ंस्कतिक कारयत्रम २0१श မမိးပ स्शान फुलवारी रेष्दुरेन्ट मिति १ हिसेम्बर २०२४ समय: मध्याह 92:30 बजे देकि कुटवल ជន सहुं ဒြ်မြောမသ် ਸਬ 1 आयोजक गोरखा सेवा समाज कतार"

May be an image of one or more people, christmas tree and text

May be an image of one or more people, dais and text

Nepal life insurance

अन्य समाचारहरु