चर्चित लोकदोहोरी गायिका सम्झना रणपालको नयाँ गीत “हाम्रो माया अजम्बरी” सार्वजनिक

imagesimages

 

अर्घाखाँची। अर्घाखाँचीकी चर्चित लोक तथा दोहोरी गायिका सम्झना रणपालको नयाँ गीत “हाम्रो माया अजम्बरी” सार्वजनिक भएको छ। फरक शैलीमा तयार गरिएको उक्त गीतमा पछिल्लो समय अत्यन्तै व्यस्त गायिका सम्झना रणपालसँगै गुल्मीका चर्चित गायक तथा मोडल विजय कार्कीको स्वर रहेको छ।

करिब एक दशकभन्दा बढी समयदेखि गीत–संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्ना सशक्त सिर्जनामार्फत स्रोता–दर्शकको मन जित्न सफल सर्वप्रिय गायिका रणपालले यो गीत युवापुस्ताको मनोविज्ञानलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको हो।

गीतको भिडियोमा विजय कार्की र पार्वती श्रेष्ठको अभिनय देख्न सकिन्छ भने उक्त भिडियो Samjana Ranapal युट्युब च्यानलमार्फत आजै सार्वजनिक गरिएको हो।

युवालाई लक्षित गर्दै माया–पिरतिका भाव समेटेर तयार गरिएको गीतको चर्चित टुक्का—

“न कसैको रिस छ हाम्लाई, न कसैको डाहा छ,
खाना लाउन पुगेकै छ, जीवन यसै आहा छ”

रिलिज भएको केही घण्टामै टिकटकमा भाइरल बन्न सफल भएको छ।

संगीतप्रेमी दर्शक–स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको “हाम्रो माया अजम्बरी” गीतले नेपाली लोक–आधुनिक गीतको क्षेत्रमा नयाँ स्वाद थप्ने विश्वास गरिएको छ।

images

 

Nepal life insurance

images