लुम्बिनी प्रदेश समन्वय परिषद कतारद्वारा बृहत बनभोज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित )

imagesimages

 

दोहा, कतार। लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले प्रदेशवासीहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्य सुदृढ गर्ने उद्देश्यसहित आन्तरिक बृहत बनभोज तथा स्नेह मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

May be an image of one or more people, clarinet, flute, hookah and tree

कार्यक्रम परिषदका अध्यक्ष सजन लौडारीको सभापतित्वमा सम्पन्न भएको थियो भने परिषदका संस्थापक संरक्षक कमलमणी गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा परिषदका प्रमुख संरक्षक कार्न्ती सिंह, संरक्षक केबी हमाल, मोहम्मद मुक्तदा मुसलमान लगायत सल्लाहकार तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

May be an image of one or more people and text

लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट कतारमा रहेका प्रदेशवासीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा कलाकार भाइबहिनीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। गीत–संगीत, नृत्य र मनोरञ्जनले भरिएको कार्यक्रम सहभागीहरूका लागि उत्साहजनक र आत्मीय बनेको थियो।

May be an image of ‎one or more people and ‎text that says "‎ថ្ឋាន់ चाहस चা হमड ١٤ इইন ه समन्वय inre Coore लुम्बि कतार यंक्रा‎"‎‎

परिषद, कतारले विगतका वर्षहरूझैं निरन्तर रूपमा बनभोज तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। प्रदेशवासीहरूबीच आपसी चिनजान, सम्बन्ध विस्तार र सामाजिक सद्भाव मजबुत बनाउने उद्देश्यले परिषदले विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

May be an image of one or more people

कार्यक्रममा परिषदका अध्यक्ष सजन लौडारीले जानकारी गराउँदै परिषदले कुनै बाह्य संघसंस्थाको सहयोग बिना, आफ्नै पहलमा लुम्बिनी प्रदेशभित्रका ८ जिल्लाका विद्यालयहरूमा प्रति विद्यालय ५० हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो। बाँकी रहेका जिल्लाहरूमा पनि चरणबद्ध रूपमा विद्यालयहरूमा अक्षयकोष स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो।

May be an image of one or more people, clarinet, flute, hookah and tree

अध्यक्ष लौडारीले परिषदका सबै पदाधिकारी, सदस्य, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य परिषदका उपाध्यक्ष टेकराज थापाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव देवराज पुन र सचिव श्रीधर आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो।

 

Nepal life insurance

अन्य समाचारहरु