रक्षा बमले सुदन र मिराज बारे के भनिन् ?

imagesimages

 

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सुदन गुरुङ र मिराज ढुंगानाको भूमिका बारेमा टिप्पणी गरेकी छन् ।

Nepal life insurance

उनले मिराज ढुंगानाप्रति लक्षितगर्दै भदौ २३ मा आन्दोलनमै नआएकाले अन्तरिम सरकारलाई कामचोर घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेको र सुदन गुरुङप्रति लक्षित गर्दै जेनजीका दाइ भन्दै उनले संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेको बताएकी हुन् ।

बमले देश संसद पुनस्थापनाको विषयबाट राजनैतिक कोर्स निकै अगाडि बढिसकेको बताउदै अब निर्वाचन गरेर माग सम्बोधन गर्नु नै सहि विकल्प भएको बताएकी छन् ।

उनले भनेकी छन्:

एकजना जेन जी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई ‘कामचोर’  घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्।

अर्का एक जेन जीका दाइ छन् , उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाईडमा संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौं र? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए।

images

जेन जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई ‘पोलिटिकल प्रोसेस’ को आवश्यकता छ। हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिक/रणनैतिक गोटी बन्नुहुदैन।हामी थप सचेत हुन जरूरी छ।देशमा शान्ति जरूरी छ।

images

अनि जेन जीका दाई , मेरा यी चुरा लगाएका दुबै  हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।

 

images

Nepal life insurance