अर्घाखाँची: खिल्जी युवा क्लबको टिम नवौँ एन.भि.ए कप भलिबल च्याम्पियनसिपमा सहभागी हुने।

imagesimages

 

-टेकराज भुसाल, अर्घाखाँची । 

अर्घाखाँची ।   अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन. भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा सहभागिता जनाउने भएको छ।

Nepal life insurance

नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा २०८२ जेठ ११ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्लबले पुरुषतर्फको टिम दर्ता गराएर सहभागिता जनाउन लागेको हो।

क्लबले प्रतियोगिताका लागि १५ सदस्यीय टिम चयन गरेको छ। टिममा नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेर बहादुर भुलामी मगर, मिसन खड्का, तुसार क्षेत्री, मिलन सुनार, दिल बहादुर रावल, दीपक रेश्मी, सञ्जय सुनार, करन नेपाली र लक्ष्मण सुनार रहेका छन्। यस्तै, निशान रोका सह–प्रशिक्षक, दुर्गा बहादुर खत्री प्रशिक्षक तथा विष्णु बेल्बासे व्यवस्थापकको भूमिकामा रहेका छन्।

खिल्जी युवा क्लबका अध्यक्ष विष्णु बेल्बासेले प्रतियोगितामा सहभागिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय स्तरमा क्लबको पहिचान स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

images

 

Nepal life insurance

images