सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत

imagesimages

 

काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।  सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताउनुभएको हो ।

उहाँले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताउनु भयो । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाउनु भयो ।

Nepal life insurance

उहाँले भन्नुभयो,‘निर्वाचन भयरहित हुनुप¥यो । निष्पक्ष हुनुप¥यो, धाँधलीरहित हुनुप¥यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र स¥योभने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’

सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

 

Nepal life insurance