अष्ट्रेलियाली प्रधानमन्त्रीले बोंडी बिच आतंकवादी हमलापछि यहुदी समुदायसँग माफी मागे

imagesimages

काठमाडौँ । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानेसीले यहुदी समुदायसँग माफी माग्दै द्वेषपूर्ण भाषणलाई लक्षित गर्ने नयाँ कानूनहरू घोषणा गर्नुभएको छ । अल्बानेसीले क्यानबेरामा सोमवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा सिड्नीको बोंडी बिचमा यहुदी पर्व हनुक्काको उत्सव मनाइरहेका बेला डिसेम्बर १४ मा भएको गोलीकाण्डमा १५ जनाको ज्यान गएको घटनाप्रति जिम्मेवारीको बोझ महशुस गरेको बताउनु भयो ।

Nepal life insurance

उहाँले आफ्नो सरकारले यहुदी अष्ट्रेलियालीहरूको सुरक्षाका लागि हरेक दिन काम गर्ने र इस्लामिक स्टेटबाट प्रेरित आतंकवादीहरूले अष्ट्रेलियाली समाजलाई विभाजन गरेर जित्न नदिने बताउनु भयो । अल्बानेसीकाअनुसार हमलापछि दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले द्वेषपूर्ण भाषण र यसका परिणामहरूसँग लड्नका लागि विधायी प्याकेज अघि बढाउने निर्णय गरेको छ । २०२६ मा संसदमा पेश गरिने नयाँ कानूनहरूले द्वेषपूर्ण भाषणका लागि विद्यमान आपराधिक सजाय बढाउने, अपराधमा द्वेषपूर्ण प्रेरणालाई सजाय निर्धारणको कारक बनाउने र हिंसा प्रवद्र्धन गर्ने वा द्वेषपूर्ण प्रतीक प्रदर्शन गर्ने व्यक्तिको भिसा रद्द गर्ने गृह मन्त्रीलाई अधिकार दिनेछ ।

यसबाहेक बालबालिकालाई प्रभावित पारेर कट्टरपन्थी बनाउने र आतंकवादतर्फ धकेल्ने वयस्कहरूका लागि नयाँ गम्भीर आपराधिक अपराधको व्यवस्था गरिनेछ । एटर्नी–जनरल मिशेल रोउल्यान्डले २००१ यता आतंकवादका अपराधमा दोषी ठहरिएका १२० मध्ये १० जना बालबालिका भएको तर अहिले अदालतमा विचाराधीन ३३ आतंकवाद मुद्दामा १७ जना नाबालिग रहेको बताउनु भयो ।

अल्बानेसीले नयाँ कानूनहरूमा संघीय संसदभरि परामर्श गरेर तत्काल र एकतावद्ध रूपमा अघि बढाउने बताउनु भयो । यो हमला इस्लामिक स्टेटबाट प्रेरित भएको र यहुदी समुदायलाई लक्षित गरेको अधिकारीहरूले बताएका छन् । घटनाले अष्ट्रेलियामा यहुदीविरोधी हिंसाको वृद्धि भएको चिन्ता बढाएको छ ।

 

Nepal life insurance