आसन्न प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको घोषणा (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । वर्तमान राजनीतिक परिस्थितिमा
निर्वाचन बहिष्कार नै उचित विकल्प भएकोले चुनावमा भाग नलिने घोषणा गरिएको सो पार्टीका पोलिटब्यूरो सदस्य जितामित्र सुनारको भनाई छ ।

Nepal life insurance

निर्वाचन बहिस्कार र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पार्टीले तोकेको केन्द्रिय कार्यक्रम अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

May be an image of one or more people, people studying and text

पार्टीले देशभक्त, जनवादी र वामपन्थी शक्तिबीच राष्ट्रिय राजनीतिक सम्मेलन गरी संयुक्त मोर्चा निर्माण गर्ने, आन्दोलनलाई सशक्त बनाउँदै स्वाधीन संयुक्त सरकार गठन गर्ने र जनसंविधान मार्फत् नयाँ राजनीतिक दिशा तय गर्ने लक्ष्य प्रस्तुत गरेको ५ नम्बर ब्यूरो सेक्रेटरी समेत रहनुभएका नेता सुनारको प्रष्टोक्ति रहेको छ ।

May be an image of one or more people and text

आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकार गठन गर्ने, जनसंविधान निर्माण गर्ने र क्रान्ति अगाडि बढाउने दीर्घकालीन राजनीतिक योजनाअनुसार आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले गरेको पार्टी अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीले बताउनुभयो ।

नेता बुद्धि गैरेको संचालनमा सम्पन्न कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सेक्रेटरी नेपालीले अहिलेको व्यवस्था विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै निर्वाचन बहिष्कारका कार्यक्रम थप सशक्त रुपमा अघि बढाउने उल्लेख गर्नुभयो ।

पार्टीले भदौ २३ को जेनजी विद्रोह र त्यसपछि विकसित परिस्थितिमा ओली नेतृत्वको सरकार बर्खास्त भई संसद् विघटनबाट बनेको सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको छ । विदेशी डिजाइनमा हुने निर्वाचन र त्यसबाट बन्ने सरकारले देश र जनताको निकास दिन नसक्ने उक्त पार्टीको ठहर छ ।

May be an image of blueprint, ticket stub and text

 

Nepal life insurance

अन्य समाचारहरु