संघीयताको जीवित उदाहरणः अँध्यारो घरमा उज्यालो, पीडित परिवारमा आशा बने सहायक प्रजिअ भट्टराई (तस्बिर सहित)

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डट्कम ।

अर्घाखाँची । देशमा संघीय शासन लागू भएको लामो समय भइसकेको छ। तर संघीयताको वास्तविक अनुभूति अझै धेरै नागरिकसम्म पुगेको छैन। यस्तै अवस्थामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६, राटटारी मा देखिएको मानवीय पहलले संघीय शासनको संवेदनशील र जीवन्त अनुहार प्रस्तुत गरेको छ।

May be an image of one or more peopleNepal life insurance

राटटारीकी हिमकला मुखिया मानसिक रूपमा अस्वस्थ हुनुहुन्छ। २०७७ सालमा श्रीमान्को निधनपछि उहाँको जीवन झन् कठिन बनेको थियो। पीडामाथि पीडा थपिँदै गएको अवस्थामा उहाँलाई आफ्ना ११ वर्षीय छोरा रितिक भट्टराई को भविष्यप्रति गहिरो चिन्ता थियो।

May be an image of one or more people

रितिक गाउँकै सामुदायिक विद्यालय कक्षा ३ मा अध्ययनरत छन्। दिनभर विद्यालयमा पढेपछि साँझ घर फर्किँदा बिजुली नहुँदा अँध्यारोमा पढ्न गाह्रो भएको थियो। वरपर झिलिमिली बत्तीले उज्यालो भइरहँदा पनि दुई घर अन्धकारमै थिए।

May be an image of one or more people

यस अवस्थाले सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई को ध्यान खिच्यो। घरको आँगनबाटै पाइपमार्फत पानी आएको भए पनि पानी बोक्न पँधेरो जानुपर्ने बाध्यता देखेर भट्टराई स्वयं स्थलमै पुग्नुभयो। उहाँले विद्युत् र खानेपानीको समस्या समाधान गरिदिनुका साथै खाधान्न, लत्ताकपडा र भाडाकुडा लिएर परिवारलाई सहयोग गर्नुभयो।

May be an image of one or more people

सहायक प्रजिअ भट्टराईले भन्नुभयो, “स्थानीय सरकार जनताको सरकार हो। जनताको पीर–मर्का बुझेर समाधान गर्नु राज्यको प्रमुख दायित्व हो। दुःखी, असहाय र गरिब परिवारलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी हो। यस्ता मानवीय पहलले मात्र संघीय शासनको वास्तविक अनुभूति जनतामा पुग्छ।”

May be an image of one or more people

एक बालकको पढाइ, एक आमाको पीडा र राज्यको जिम्मेवारीको संयोजनले संघीयताको अर्थ केवल संरचना होइन, मानविय संवेदनामा आधारित भएको स्पष्ट पारेको छ।

 

Nepal life insurance