जिल्ला हुलाक अर्घाखाँचीले ५ महिनामा ५ लाख बढि राजश्व संकलनः बाँड्यो ३ हजार ५ सय बढि चिठी (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–०९,अर्घाखाँची – जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले चालु आर्थिक वर्षको ५ महिनामा ५ लाख बढि राजस्व संकलन गरेको छ । गत साउनदेखि पौष ८ गतेसम्म हुलाकले ५ लाख ८ हजार ७३ रुपैंया राजश्व संकलन गर्न सफल भएको हो ।

May be an image of one or more people, people studying and textNepal life insurance

हुलाकले मंगलबार जिल्लामा संचालित एफ.एम.रेडियो तथा टेलिभिजनकर्मिसंग हुलाक सेवाको सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रम मार्फत यस्तो जानकारी गराएको हो ।
हुलाक सेवा शुल्क अन्तरगत टिकट बिक्रि, काउण्टर अटोमेशन र पार्सलबाट यो रकम संकलन भएको हुलाक अधिकृत भरत सापकोटाले बताउनुभएको छ ।

May be an image of studying, dais and text

यस्तै हुलाकले यो ५ महिनाको अवधिमा ३ हजार ५ सय ७५ वटा चिठीपत्र वितरण गरेको छ । हुलाकले आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि पौष ८ गतेसम्म उक्त चिठीपत्र वितरण गरेको हो ।

जसमा सबैभन्दा धेरै रजिष्ट्री तर्फ ३ हजार ३ सय २९ वटा र साधारणतर्फ २ सय ४७ गरि ३ हजार ५ सय ७५ चिठीपत्र वितरण गरिएको जिल्ला हुलाक अर्घाखाँचीका सुचना अधिकारी मदन भट्टराईले जानकारी दिनुभएको छ ।

May be an image of one or more people and text

पछिल्लो ५ महिनामा जिल्ला हुलाक अर्घाखाँचीले ९ सय ८९ वटा पत्रिका र ६५ वटा पार्सल पनि बितरण गरेको हुलाकका कर्मचारी हेमनाथ मरासीनीको भनाई छ । नेपाल सरकारको एक स्थानीय तहः एक हुलाक कार्यालयको अवधारणा बमोजिम अर्घाखाँचीका ६ मध्ये ५ वटा स्थानीय तहभित्र पालिका स्तरिय हुलाक
कार्यालय सञ्चालनमा आएका छन् ।

May be an image of one or more people and people studying

मुलुककै जेठो सञ्चारको बाहक बनेर आमनागरिकको सुचनाको माध्यम बनेको हुलाक अन्तरगत अर्घाखाँचीमा अहिले २० वटा अतिरिक्त, ५ वटा पालिकास्तरिय र १ जिल्ला गरि २६ स्थानबाट हुलाकसेवा प्रवाह हुँदै आएको हुलाक अधिकृत सापकोटाले बताउनुभएको छ ।

May be an image of one or more people, hospital and text

अतिरिक्त हुलाक २९ बाट घटेर अहिले २० वटा कायम भएका छन् भने यि मध्ये ६ वटामा एक जनामात्रै जनशक्तिले सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ । पालिकास्तरमा मालारानी र पाणिनी बाहेक भूमिकास्थान,शितगंगा र छत्रदेवमा हुलाकको आफ्नै भवन नहुँदा समस्या पैदा भएको छ । यस्तै जिल्ला हुलाक सहित सबै क्षेत्रमा एउटा पनि कार्यालयको गाडि नहुँदा सेवाप्रवाहमा असहजता भइरहेको छ ।

May be an image of studying, hospital and text that says "हलाळ सेवा सम्बन्ध्मा रेडियो त्थाड टेलिनिजनळनांल संगको अन्तरक्रिया तथा दलफल कार्यक्रम २०८२पुसगते पुस0 २०८२ 0 οτ गते आबोजक: जिल्ला हुलाक ወ अघांखाची මිහුලන 小佛油"

हुलाक कार्यालयले रजिष्ट्री, दु्रत, साधारण जस्ता चिठीपत्र, पार्सल बितरण, दर्ता, चलानी र डेलिभरी, राहदानी ढुवानी, पत्रपत्रिका दर्ता तथा नवीकरण, जिल्लामा सञ्चालित स्थानीय केबल प्रदायकको इजाजत नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने, ५ सय वाट सम्मका एफ.एम.रेडियोको इजाजत नवीकरण गर्ने, अनलाईन पत्रिका नविकरण गर्ने, सेवाग्राहीको आवश्यकतामा आधारित भएर पोष्टबक्स सेवा उपलब्ध गराउने, राष्ट्रिय सूचना आयोगको प्रत्यायोजित अधिकार अन्तर्गत रहेर सूचनाको हकको कार्यान्वयनको अवस्थालाई चुस्त बनाउने, सेवाग्राहीको माग बमोजिम टिकट बिक्री÷वितरण गर्ने कार्य गर्दै आइरहेको छ ।

May be an image of one or more people and people studying

हुलाकले टिकटको माध्यमबाट नेपालका ऐतिहाँसिक सम्पदा तथा धरोहर, पर्यटकिय क्षेत्र र विशिष्ट व्यक्तिको चिनारी मार्फत मुलुकको सार्वभौमिकताको संरक्षण र प्रचार–प्रसार गरि पर्यटकिय विकासमा टेवा पुर्याउनुको साथै पार्सल र पुलिन्दाको भरपर्दो सेवा नागरिकलाई प्रदान गर्दै आइरहेको हुलाक अधिकृत सापकोटाको भनाई छ ।

May be an image of one or more people, hospital and text

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल सहितका रेडियो तथा टेलिभिजनकर्मि र पालिका स्तरिय हुलाकका प्रतिनिधिको समेत सहभागितामा सम्पन्न कार्यक्रममा हुलाककै कर्मचारी बिमला पोख्रेल र छविलाल घर्ति मगरले पनि सहजीकरण गर्नुभएको थियो ।

थप तस्बिर: 

May be an image of text

May be an image of one or more people, hospital and text

May be an image of one or more people, people studying and text

May be an image of studying, dais and text

May be an image of one or more people and text

May be an image of one or more people and people studying

May be an image of studying, hospital and text that says "हलाळ सेवा सम्बन्ध्मा रेडियो त्थाड टेलिनिजनळनांल संगको अन्तरक्रिया तथा दलफल कार्यक्रम २०८२पुसगते पुस0 २०८२ 0 οτ गते आबोजक: जिल्ला हुलाक ወ अघांखाची මිහුලන 小佛油"

May be an image of one or more people and people studying

May be an image of one or more people, hospital and text

Nepal life insurance

अन्य समाचारहरु