विदेशबाट सम्बन्धन लिएका कलेज र कन्सल्टेन्सीबाट ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन मन्त्री पुनको आग्रह

imagesimages

 

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले विदेशी कलेजहरुसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेज र कन्सल्टेन्सीहरुको छानबिन अगाडी बढेको बताएका छन् ।

Nepal life insurance

मन्त्री पुनले कलेज र कन्सल्टेन्सीले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरी आएको बताउदै यसको रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको बताएका छन् ।

उनले भनेका छन्: 

विदेशी कलेजहरुसंग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेजहरु र बिदेशमा पढ्न पठाउने भनेर खोलिएका केहि कन्सल्टेन्सीहरुले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरीहरु आएका छन् । त्यसलाई रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको छ । ठगीमा परेका धेरै भन्दा धेरै विद्यार्थीहरुले प्रमाण सहित लिखित उजुरी दिनु होला ।

 

Nepal life insurance