बालेन र लामिछानेबीच आजपनि भेटवार्ता

imagesimages

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आज पनि भेटवार्ता भएको छ ।

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेन र लामिछानेबीच वान टू वान भेटवार्ता जारी रहेको हो ।

Nepal life insurance

यसअघि सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा भेटेका बालेन र लामिछानेले विकल्पिक शक्ति निर्माण गर्ने विषयमा छलफल गरिरहेका छन् ।

सोमबारको भेटपछि बालेन र लामिछानेबीच केहि असमझदारी बढेको विषय बाहिर आएका बेला यो भेट भइरहेको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने मिडियामा आएपछि लामिछानेले खण्डन गर्दै त्यहाँसम्म छलफल नपुगेको बताएका थिए ।

बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

 

Nepal life insurance