ज्येष्ठ नागरिक प्रेरणाको पुञ्ज र समाज विकासका मार्गदर्शक- राष्ट्रपति पौडेल

imagesimages

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन्।

Nepal life insurance

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उनले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष पनि ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको उनले स्मरण गरेका छन् ।

images

उनले भनेका छन्- ‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उ उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्छ भन्ने मलाई लाग्छ ।’

सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा र संरक्षणका विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्दै दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान समेत गरेका छन् ।

images

 

Nepal life insurance

images