अर्घाखाँची – “छत्रदेवमा खेलकुद उत्सव शुरु : राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीहरूलाई नयाँ अवसर”(तस्बिर सहित)

imagesimages

 

-केशब पन्थी,अर्घाखाँची ड्टकम।

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ले विद्यालय तहका विद्यार्थीहरूमा लुकेका खेलकुद प्रतिभा पहिचान गर्दै शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।

May be an image of one or more people and textNepal life insurance

छत्रदेव रङ्गशालामा सुरु भएको तीनदिने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ को अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो।

May be an image of one or more people and text

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरू काजिबाबु ज्ञावाली, शंकरप्रसाद पाण्डे, तेजप्रसाद खनाल, बालकृष्ण पोखरेल, कमल पौडेल, नारायणप्रसाद पाण्डे र भीष्म कुँवर लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people, temple, dais and text

उद्घाटन समारोहमा निर्वतमान जिल्ला खेलकुद विकास समिति अध्यक्ष विष्णु क्षेत्री तथा सार्वजनिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण आचार्य ले शुभकामना मन्तव्य राख्दै खेलकुद प्रतियोगिताले स्थानीय तहमा रहेका लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of temple and text

कार्यक्रममा गाउँकार्यपालिका सदस्य देवकला ताम्राकार, वडा सदस्य हरि प्रसाद पाण्डे, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा ठूलो संख्यामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूको उत्साह, अनुशासन र प्रतिस्पर्धी भावनाले उद्घाटन कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

May be an image of one or more people and temple

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने ले गर्नुभएको थियो भने स्वागत मन्तव्यसहित प्रतियोगिताको उद्देश्य, खेल संरचना र तालिकाबारे शिक्षा शाखा प्रमुख तुल्सिराम न्यौपाने ले विस्तृत जानकारी गराउनुभएको थियो।

May be an image of one or more people and text

प्रतियोगिताको पहिलो दिन आज छात्र–छात्रा दौड, सटपुट, ज्याभलिन थ्रो तथा भलिबल खेलहरू सम्पन्न भएका छन्। आज सम्पन्न खेलहरूमा सार्वजनिक माध्यमिक विद्यालयले ८ स्वर्ण पदक जित्दै पहिलो दिनमै अग्रस्थान कायम गरेको आयोजकले जनाएको छ।

May be an image of text

गाउँपालिकाका अनुसार राष्ट्रपति रनिङ शिल्डअन्तर्गतका बाँकी खेलहरू भोलि शनिबार र पर्सि आइतबार सञ्चालन हुनेछन्। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा छत्रदेव गाउँपालिकाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

May be an image of crowd and text

May be an image of crowd

May be an image of temple and text

May be an image of text

May be an image of text

May be an image of football and text

May be an image of text

May be an image of crowd and text

May be an image of text

May be an image of text

May be an image of crowd and text

May be an image of crowd and text

May be an image of crowd and text

May be an image of crowd and text

No photo description available.

May be an image of one or more people, crowd and text

May be an image of text

May be an image of crowd and text

May be an image of tree

May be an image of ‎one or more people, crowd, temple and ‎text that says "‎TRes स्तरीय अन्तर विद्यालय छत्रदेव गाउपालिका 者 राष्ट्रपति रनिड्ठ शिल्ड प्रतियोगिता श0८श્तं आयोजक्क छत्रदेव गाउपालिका 3 कायपालकाकी कार्यालय ل 21 बेटाा মরি 국리산 ਚਚ 99-1분 नतेतम्न सरादता, रानापोचरा रघशवेव كوي प्ररम‎"‎‎

May be an image of text

May be an image of dais, temple and text

May be an image of temple and text

 

May be an image of text

May be an image of one or more people, dais and text

Nepal life insurance