



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–११,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान–७, छिर्लिङखोलामा डबल क्याप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनजागृती मा.वि.भूमिकास्थान १०,धनचौरबाट पालिकास्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थि र खेल शिक्षक बोकेर भूमिकास्थान–८,रातापोखरा जाँदै गरेको लु २ च ५१७९ नम्बरको गाडि छिर्लिङखोला नजिकै जंगलमा पल्टिएको हो ।


शुक्रबार बिहान ११ः३० बजेतिर भएको उक्त घटनामा परि चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षिय रुद्र पून मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा परि जनजागृती मा.वि. धनचौरका शिक्षक बर्ष ४० का शेषकान्त गैरे, विद्यार्थि बर्ष १७ कि बर्षा राना र बर्ष १६ का विप्लव पून गरि ३ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।


उहाँहरुमध्ये शिक्षक गैरेको हातमा भित्रि चोट लागेको, बर्षाको पेटमा भित्रि दुःखाई रहेको र बिप्लवको टाउकोमा चोट लागेकोले थप उपचारको लागि बाहिर पठाइएको तर अवस्था खतरामुक्त रहेको डाक्टरहरुको भनाई छ ।


सोहि घटनामा परि घाईते भएका अन्य २ जना घाइते बर्ष १७ का आयुष नेपाली र बर्ष १५ का विकास पेङनीको जिल्ला अस्पताल सन्धिखर्कमै उपचार चलिरहेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभएको छ ।

खोलामाथि रहेको उकालो सडक र घुम्तीमै ब्रेक फेल भई दुर्घटना भएको भनिएको जिप सडकदेखि करिव ५० मिटर तल खसेको प्रहरीको भनाई छ । यद्धपी घटना के–कति
कारणले भयो भन्ने बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी अर्घाखाँचीका सुचना अधिकारी झलक प्रसाद शर्माले बताउनुभएको छ ।






