क्यालिफोर्नियामा भीषण हिउँदे आँधीका कारण चार जनाको मृत्यु, ६ काउन्टीमा संकटकाल घोषणा

imagesimages

 

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीका कारण चार जनाको ज्यान गएको छ भने गभर्नरले प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले व्यापक क्षति पु¥याएको छ । अधिकारीहरूकाअनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै गभर्नर गेभिन न्युसमले लस एन्जलस, ओरेन्ज, रिभरसाइड, सान बर्नार्डिनो, सान डिएगो र शास्ता काउन्टीमा संकटकाल घोषणा गरेका छन् । यस कानूनी घोषणाले राज्य सरकारलाई थप स्रोत परिचालन गर्न र संघीय सहायता प्राप्त गर्न सहज बनाउनेछ ।

मृत्यु हुनेहरूमा सान डिएगोमा २३ मिटर अग्लो रुख ढलेर थिचिएका ६४ वर्षीय पुरुष, मेन्डोकिनो काउन्टीमा समुन्द्री लहरले बगाएकी ७० वर्षीया वृद्धा, रेडिङमा बाढीमा फसेका सवारी चालक र सेक्रामेन्टोमा मौसमजन्य दुर्घटनामा परेका एक प्रहरी अधिकारी रहेका छन् । आँधीका कारण बुधवार रातिसम्म १ लाख ४० हजार ग्राहकको विद्युत सेवा अवरुद्ध भएको थियो भने अझै ९२ हजारभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य छन् ।

सिएरा नेभाडा पहाडमा १.८ मिटरसम्म हिमपात हुने र १४५ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले सर्वसाधारणलाई पहाडी क्षेत्रमा यात्रा नगर्न र डढेलो प्रभावित क्षेत्रबाट टाढै रहन आग्रह गरेका छन् ।

Nepal life insurance