



काठमाडौँ । अमेरिकाको टेक्सासमा क्रिसमसको पूर्वसन्ध्यामा दुई नकाबधारी चोरहरूले एउटा सुविधा स्टोरबाट एटीएम मेसिन चोर्ने प्रयास गरेका छन् ।
दुई संदिग्धहरू चोरीको कालो एसयूभीमा ७-इलेभेन स्टोरमा आइपुगेर एटीएममा धातुको केबल बाधेर कारमा बाँधेर एटीएम मेसिन बाहिर निकालेको पाइएको छ ।
चोरको यस गतिबिधिबात पसलको अगाडिको ढोका, सिसा र भित्रका शेल्फहरू पूर्ण रूपमा नष्ट गरेको छ । सीसीटीभी फुटेजमा चोरहरूले एटीएम हटाउन दुई पटक प्रयास गरेको देखिएको छ ।


त्यसपछि चोरहरू एसयूभी र एटीएम छोडेर भागेका थिए । दुविया चोरले गाडी पनि पसलबाट केही टाढा छोडिएको अवस्थामा फेला परेको थियो ।घटनामा कोही पनि घाइते भएनन्, तर पसलमा ठूलो क्षति पुगेको छ । ह्वाइट सेटलमेन्ट प्रहरी विभागले कालो हुडी, प्यान्ट, मास्क र सुन्तला पन्जा लगाएका दुई संदिग्धहरूको खोजी गरिरहेको बताएको छ ।
प्रहरीले यी चोरहरू हालैका दिनहरूमा वरपरका क्षेत्रमा भएका अन्य दुई समान घटनाहरूमा संलग्न हुन सक्ने आशंका गरेको छ । प्रहरीले जनतालाई सहयोगको लागि अपील गरेको छ र जानकारी भएका जो कोहीलाई रिपोर्ट गर्न आग्रह गरेको छ।



