



**स्वर्गीय कुन्ती नेपालीको पुण्यतिथिमा नेपाली परिवारद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, समाज सुधार र शिक्षा प्रवर्द्धनमा प्रेरणादायी पहल**
-अनिल नेपाली , अर्घाखाँची डटकम।
अर्घाखाँची — स्वर्गीय कुन्ती नेपालीको १२ औँ दिनको पुण्यतिथिको अवसरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी समाजसेवी भिम व. नेपाली र उनका छोराछोरीहरूले स्थानीय दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।


आफुले जिवनकाे शुरूवात गरेको विधालय र आफुलाई याे स्थानमा पुर्याएकाे विधालयमा केही गराै भनेर नेपाली परिवारले चन्द्र प्रभा माध्यमिक विद्यालयका करिब २६० विद्यार्थी कापीकलम १३ जनालाई २००० हजाका दरले २६००० हजार भगवती आधारभूत विद्यालयका करिब ४० विद्यार्थीलाई कापीकलम वितरण गरेको छ।

साथै, पाँच जना असहाय विद्यार्थीलाई रु १०,००० बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ भने कुन्तीकला नेपाली स्मृति अक्षय कोषमा रु ३०,००० जम्मा गरिएको छ।

मृतक नेपालीका श्रीमान् भिम व. नेपाली परिवार लामो समयदेखि अर्घाखाँची जिल्लामा समाजसेवा, शिक्षा, स्वास्थ्य, विकास निर्माण र स्थानीय समृद्धिमा योगदान गर्दै आउनु भएको छ परिवारका सदस्यहरू विभिन्न क्षेत्रमा सक्रिय रहेका छन् ।

दुर्गा बहादुर नेपाली नेपाल निर्माण व्यबसायी अर्घाखाँचीका सदस्य हुनुहुन्छ भने जिल्लामा विधुतीकरण लगायत विकास निर्माणका सवालमा उल्लेखनीय काम गदै आउनु भएको छ।

उहाँका साइला छाेरा नेपाल आर्मीबाट रिटायर भइसकेका छन्, अहिले उनी बैदेशिक रोजगारीमा छन् भने जेठा र माईला छोराहरू भारतमा जागिरमा छन्।

मृतक नेपाली काइला छाेरा दुर्गा बहादुर नेपालीले बताएअनुसार, “हामीले आमाबाट प्राप्त प्रेरणाले हाम्रो जीवन र समाज सुधारतर्फको योगदानलाई निरन्तरता दिएको छ।

यस अवसरमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको छ।”परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसरमा गरेको योगदानले विद्यालय र विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको छ।


दुबै विद्यालयका प्रधानाध्यापकहरूले परिवारको समाज सुधार, शिक्षा प्रवर्द्धन र सकारात्मक योगदानलाई प्रेरणादायक बताउँदै सबैले यसलाई अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यस अवसरमा नेपाली परिवारले समाज रूपान्तरण, शिक्षा प्रवर्द्धन र असहाय विद्यार्थीहरूलाई सहयोग गर्ने दृष्टिकोणलाई उजागर गरेको छ। कार्यक्रमले स्थानीय समुदायमा सहयोग, शिक्षा र समाजसेवामा सक्रियताका दृष्टान्त प्रस्तुत गरेको छ।


कार्यक्रमका सहभागीहरूका अनुसार, यस्तो कदमले स्थानीय चेतना, सकारात्मक सोच र समुदायप्रति अपनत्व बढाउन ठूलो भूमिका खेलेको छ। कार्यक्रमले नेपाली परिवारको दीर्घकालीन योगदान र सामाजिक प्रतिबद्धतालाई उजागर गरेको छ।
थप तस्बिर :













