अर्घाखाँची: छत्रदेव गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न।(तस्बिर सहित)

imagesimages

 

-केशब पन्थी, अर्घाखाँची डटकम।

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर विद्यालय छत्रदेव गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

May be an image of one or more people, people smiling and textNepal life insurance

यस वर्षको प्रतियोगितामा सार्वजनिक माध्यमिक विद्यालय छत्रगञ्जले ९ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित प्रथम स्थान हासिल गर्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।

May be an image of one or more people and text

त्यस्तै चन्द्र माध्यमिक विद्यालय चिदिका ७ स्वर्ण र १ रजतसहित दोस्रो स्थानमा रहँदा महेन्द्र विद्याबोध नेत्रलालरामणी माध्यमिक विद्यालय बल्कोटले ६ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।

May be an image of text

प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय सूर्यथुम ४ स्वर्ण, ७ रजत र ६ कास्यसहित चौथो, जनकल्याण माध्यमिक विद्यालय तारुभतेरा ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित पाँचौँ, नेपाल राष्ट्र माध्यमिक विद्यालय ठुलापोखरा १ स्वर्ण, ५ रजत र ३ कास्यसहित छैटौँ स्थानमा रहेका छन्।

May be an image of one or more people and text

त्यसैगरी शारदा माध्यमिक विद्यालय केरुङा ३ कास्यसहित सातौँ, सरस्वती माध्यमिक विद्यालय भुस्खात १ कास्यसहित आठौँ स्थानमा रहँदा सहिद मेमोरियल बोर्डिङ स्कुल बल्कोट पनि प्रतियोगितामा सहभागी रहेको थियो।

May be an image of text that says "オツー अन्तर विद्यालय छत्रदेव गाउॅपालिका स्तरीय राष्ट्रपति रनिड्ठ शिल्ड प्रतियोगिता શટીશત શશে Difr norp 19-12 नतेसमन बजरदेव समज्ाणितया पमदेव सनशालर सभापंचारा गाਤ काबणलकाका कायालस 師 बयातव"

छत्रदेव गाउँपालिकाले विद्यालय तहका विद्यार्थीहरूमा खेलकुदमार्फत प्रतिभा पहिचान, शारीरिक तथा मानसिक विकास तथा अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।

May be an image of one or more people and text

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रम गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरू काजिबाबु ज्ञावाली, शंकरप्रसाद पाण्डे, तेजप्रसाद खनाल, बालकृष्ण पोखरेल र नारायणप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो।

May be an image of ‎temple and ‎text that says "‎छत्वेलके ش सवचिर أمبا रय वऋ्तर तर विद्यालय छत्देव गाउपालिका स्तरीय राष्ट्रपति रनिडठ शिल्ड प्रतियोगिता શ0८शत आयोजक छत्रदेव आउंपालिका गाडं कार्यपालिकाळो कायालव मिति ನంತನಾ पुस ၇9-၇ဒိ नत्ेसम्म छटतदेव रमशाता, रातापोबरा जय छत्ररेव K‎"‎‎

समापन कार्यक्रममा उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, प्रधानाध्यापकको तर्फबाट दिनानाथ पराजुली तथा वडा अध्यक्षको तर्फबाट बालकृष्ण पोखरेलले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले यस्ता प्रतियोगिताले स्थानीय तहमा लुकेका खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of temple, dais and text

कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, शिक्षक–शिक्षिका तथा ठूलो संख्यामा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख तुल्सिराम न्यौपानेले गर्नुभएको थियो।

May be an image of text

प्रतियोगिताअन्तर्गत छात्र–छात्रा दौड, सटपुट, ज्याभलिन थ्रो, कबड्डी तथा भलिबल खेलहरू सञ्चालन गरिएका थिए।

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people, people smiling and text

May be an image of one or more people and text

 

Nepal life insurance