एमालेको समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित

imagesimages

 

काठमाडौँ । नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित गरेको छ ।

उपमहासचिव लेखराज भट्टले आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको समानुपातिक उम्मेदवारको सूची सुझावसहित पारित गरिएको जानकारी दिएका छन् ।

Nepal life insurance

सोमबार पेश गर्नुपर्ने समानुपातिक सूची तयार अध्यक्ष ओलीले बैठकमा पेश गरेको र त्यसमा सचिवालय सदस्यहरुबाट आएका सुझावलाई समेटदै पारित गरिएको उनले बताए । भट्टले सोमबार समानुपातिक सुची दर्ता गर्ने निर्णय भएको उनले बताए ।

आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।

भट्टले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै उनीहरुको सहमति आपसी लेनदेनमा भएकोले कति समय टिक्छ त्यो हेर्नुपर्ने बताए ।

 

Nepal life insurance

अन्य समाचारहरु