रोनाल्डोदेखि डेम्बेलेसम्मले जिते ग्लोबल सकर अवार्ड

imagesimages

 

काठमाडौँ । यसबर्षको ग्लोबल सकर अवार्ड प्रदान गरिएको छ । दुबईमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलमा २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका फुटबलरलाई ग्लोबल सकर अवार्ड प्रदान गरिएको हो ।

Single Image

फ्रान्स र पीएसजीका फरवार्ड उसमान डेम्बेले बर्षको उत्कृष्ट फुटबलरको अवार्डबाट सम्मानित भएका छन् । त्यस्तै महिला उत्कृष्ट खेलाडीमा स्पेन र बार्सिलोनाकी फरवार्ड एइताना बोनमति बनेकी छन् ।

त्यस्तै ग्लोबल सकरको उत्कृष्ट प्रशिक्षकको अवार्ड पीएसजीका प्रशिक्षक लुइस इनरिकले पाएका छन् ।

Single Image

त्यस्तै पिएसजीका पोर्चुगल र पीएसजीका भिटीन्हाले बर्षको उत्कृष्ट मिडफिल्डरको अवार्ड जितेका छन् भने  स्पेन र बार्सिलोनाका लामिन यमलले बर्षको उत्कृष्ट फरवार्डको अवार्ड जितेका छन् । त्यस्तै डेसिरे डुएले उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड जितेका छन् ।

त्यसैगरी अल नासरबाट खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मिडल इस्टको उत्कृष्ट खेलाडीको अवार्ड दिइएको छ । त्यस्तै ग्लोबल सकर अवार्डमा पोर्चुगलले उत्कृष्ट राष्ट्रिय टिमको अवार्ड जितेको छ । यस अवार्ड कार्यक्रममा टेनिस खेलाडी नोभाक जोकोभिचलाई ग्लोब स्पोर्ट्स अवार्ड प्रदान गरिएको थियो ।

 

Nepal life insurance