दक्षिण स्पेनमा भारी वर्षाका कारण एक जनाको मृत्यु, दुई बेपत्ता

imagesimages

 

काठमाडौँ ।दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आईतवार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे शहर नजिकै भ्यानमा यात्रा गरिरहेका बेला उक्त सवारी साधन बाढीमा फसेको थियो । सहरका मेयरले उनको मृत्युको पुष्टि गरेका छन् । भ्यानमा सवार ५० वर्षकै अर्का एक यात्रु अझै बेपत्ता छन् ।

Nepal life insurance

स्थानीय आपतकालीन सेवाहरूले उक्त खाली सवारी साधन फेला पारेका छन् ।

जसलाई बहाव बढेको फहला नदीले बगाएको थियो र छत पूर्ण रूपमा नष्ट भएको अवस्थामा गम्भीर क्षति पु¥याएको थियो । सिभिल गार्ड, दमकल र नागरिक सुरक्षा एजेन्टहरूले ग्रेनाडा प्रान्तको इलोरा नगरपालिकामा एउटा खोला तर्ने क्रममा बगेका एक मोटरसाइकल चालकको खोजी गरिरहेका छन् ।

दक्षिण र दक्षिण–पश्चिमी स्पेनमा आईतवार साँझदेखि सोमवारसम्म थप भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

 

Nepal life insurance