अर्घाखाँची- “स्वतन्त्र उम्मेदवार खनालले सुरु गरे ऐतिहासिक घरदैलो यात्रा”: “सहिदको घरबाट खनालको चुनावी अभियानको सुरुवात” (तस्बिर सहित)

imagesimages

 

-अर्घाखाँची डटकम संबाददाता।

अर्घाखाँची । संघीय संसदका प्रत्यासी स्वतन्त्र उम्मेदवार नारायण प्रसाद खनालले आज भुमिकास्थान नगरपालिका वडा नं. ४ स्थित सहिद माधव सारु मगरको घरबाट आफ्नो घरदैलो अभियानको औपचारिक सुरुवात गर्नुभएको छ।

Nepal life insurance

उम्मेदवार खनालले घरदैलो अभियानमार्फत स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, कृषि र युवाको भविष्य जस्ता विषयमा जनताको समस्या, गुनासा र अपेक्षाहरू, जनताको आवाजलाई संघीय संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of one or more people

खनालले स्थानीय तहमा प्रत्यक्ष उपस्थित भएर जनताको धारणा बुझ्नु नै आफ्नो अभियानको मुख्य उद्देश्य रहेको बताउँदै राजनीतिक दलका सीमित स्वार्थभन्दा माथि उठेर जिल्लाको समग्र विकास र जनजीविकाको पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सचिवालयका अनुसार घरदैलो अभियान भुमिकास्थानका विभिन्न वडामा क्रमशः सञ्चालन हुने र त्यसपछि जिल्लाका अन्य स्थानीय तहहरूमा विस्तार गरिनेछ।

No photo description available.

यद्दपी आसन्न निर्वाचनमा खनालको औपचारिक रुपमा उम्मेदवारी घोषना हुन बाकि नै छ।

#NarayanPrasadKhanal #IndependentCandidate #Bhumikasthan #Arghakhanchi #GharDailoAbhiyan #PeopleFirst #LocalDevelopment #YouthVoice #Election2025 #arghakhanchicom

Nepal life insurance

अन्य समाचारहरु