जसपा फुट्यो, रेणु यादव र प्रदीप यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा एकीकृत

imagesimages

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । सोमबार जसपा सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी नेपालसँग पुन: एकता गरेको घोषणा गरेका हुन् । जसपाका सह-अध्यक्ष रेणु, सचिव प्रदीप यादवसहितका बहुमत केन्द्रीय सदस्यहरूले एकताका लागि सहमतिमा हस्ताक्षर गरेको जानकरी दिएका छन् ।

सहमति पत्रमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरिएको उल्लेख गरिएको छ ।

एकतापछि प्रदीप यादवले मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि एकीकृत भएको प्रतिक्रिया दिए । उनले भनेका छन्- ‘मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु ।’

आइतबार मात्र जसपा नेपाल र लोसपाले पनि एकताको घोषणा गरेका थिए ।

 

Nepal life insurance