बालेन जहाँबाट उठेपनि हराउछौँ- हर्क साम्पाङ

imagesimages

 

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह जहाँबाट चुनाव लडेपनि हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई चुनावमा हराउने चेतावनी दिएका हुन् । उनले भनेका छन्- ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’

बालेन र रवि लामिछानेबीच एकता भएपछि उनी सामाजिक सञ्जालमा आक्रामक बन्दै हरेक दिन आलोचना गरिरहेका छन् । साम्पाङले दिनमा सय भन्दा पोष्ट गर्दै बालेन र रवि लामिछानेसहित कुलमान घिसिङलाई निशाना बनाउदै आएका छन् । एक पोष्टमा उनले भनेका छन्- ‘कुलमान, रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त ! देश बेचुवाहरु !’

 

Nepal life insurance