टर्कीमा इस्लामिक स्टेटविरुद्धको कारबाहीमा तीन प्रहरीसहित नौ जनाको मृत्यु

imagesimages

 

काठमाडौँ ।टर्कीको उत्तर–पश्चिमी प्रान्त यालोभामा सोमवार इस्लामिक स्टेट (आईएस) का संदिग्ध सदस्यहरूलाई लक्षित गरी गरिएको सुरक्षा कारबाहीका क्रममा तीन प्रहरी अधिकारी र ६ जना संदिग्ध लडाकुसहित नौ जनाको मृत्यु भएको छ ।

Nepal life insurance

आन्तरिक मामिला मन्त्री अली येरलिकायाका अनुसार उक्त भिडन्तमा अन्य नौ जना घाइते भएका छन् । अंकारामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री येरलिकायाले रातभर १५ प्रान्तका १०८ विभिन्न स्थानहरूमा एकैसाथ खानतलासी र छापा मारिएको जानकारी दिए । यालोभामा स्थानीय समयअनुसार बिहान २ बजे शुरु भएको उक्त कारबाहीमा संदिग्धहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए ।

सो क्रममा तीन प्रहरीको ज्यान गएको थियो भने आठ अन्य व्यक्ति र एक रात्रिकालीन सुरक्षा गार्ड घाइते भएका थिए । घरभित्र महिला र बालबालिका समेत रहेकाले कारबाही अत्यन्तै सावधानीपूर्वक गरिएको र पाँच महिला तथा ६ बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको मन्त्रीले बताउनु भयो । मारिएका ६ जना संदिग्ध आईएस लडाकुहरू टर्कीकै नागरिक भएको पुष्टि भएको छ ।

घटनापछि यालोभा मुख्य सरकारी वकिलको कार्यालयले अनुसन्धान शुरु गरेको छ भने न्याय मन्त्री यिलमाज तुन्चले पाँच संदिग्धलाई हिरासतमा लिइएको जानकारी दिनुभयो । नयाँ वर्षको अवधिमा सुरक्षा खतरा बढ्न सक्ने आँकलनका बीच टर्कीले पछिल्लो समय आतंकवादी समूह आईएसविरुद्धको अभियानलाई तिब्र पारेको छ ।

 

Nepal life insurance