दक्षिण कोरियाको विशेष काउन्सिलद्वारा पूर्वराष्ट्रपति युन र उनकी पत्नी विरुद्धको भ्रष्टाचार अनुसन्धान निष्कर्षमा

imagesimages

 

काठमाडौँ ।दक्षिण कोरियाको विशेष काउन्सिलले महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक–योल र उनकी पत्नी विरुद्धको भ्रष्टाचार आरोपको अनुसन्धानलाई अन्तिम रूप दिएको छ । स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले १८० दिने अनुसन्धान पूरा गरेपछि जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका २० जनासहित कुल ७६ जना विरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरेको छ ।

Nepal life insurance

युन र उनकी पत्नी किम क्योन–ही विरुद्धका आरोपहरू व्यापक रहेको र यसमा शेयर मूल्यमा चलखेल, विलासी उपहार स्वीकार गरेको, राष्ट्रपतीय कार्यालय र निवास स्थानान्तरणमा अवैध रूपमा हस्तक्षेप गरेको र अवैध रूपमा राजनीतिक कोष प्राप्त गरेको जस्ता विषयहरू समावेश रहेको टोलीले जनाएको छ । विशेष काउन्सिल टोलीले युनले पदभार ग्रहण गर्नुभन्दा अगाडि नै सार्वजनिक भएका यी आरोपहरू दायराका हिसाबले व्यापक र प्रकृतिका हिसाबले गम्भीर रहेको बताएको छ ।

किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी सहजै विलासी उपहारहरू प्राप्त गरेको र नियुक्ति तथा मनोनयनमा व्यापक हस्तक्षेप गरेको पुष्टि भएको छ । यस्तो आचरण, जसलाई आधुनिक समयको सार्वजनिक पदको बिक्री भन्न सकिन्छ, त्यसले सार्वजनिक प्रणालीमा ठूलो क्षति पु¥याएको टोलीले जोड दिएको छ । विशेष काउन्सिल टोलीले गत अगस्टदेखि हिरासतमा रहेकी किमका लागि १५ वर्षको जेल सजाय माग गरेको छ ।

फैसला सुनाउने मिति आगामी वर्षको जनवरी २८ का लागि तय गरिएको छ । किम हिरासतमा रहेर मुद्दा चलाइने दक्षिण कोरियाली पूर्वराष्ट्रपतिकी पहिलो पत्नी बनेकी छिन् ।

 

Nepal life insurance