अर्घाखाँची: दुर्घटनाका कारण रोकिएको भूमिकास्थानको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)

imagesimages

 

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–१५,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आठौं नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भूमिकास्थान–८, रातापोखरामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

May be an image of one or more people, temple, dais and textNepal life insurance

गत शुक्रबारदेखि गर्ने भनिएको यो प्रतियोगितामा सहभागी हुने जनजागृती मा.वि.धनचौरका विद्यार्थि बोकेको गाडि दुर्घटनामा परेपछि खेल राकिएको थियो ।

May be an image of one or more people, temple, crowd and text

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख झविलाल थापाले दुर्घटनामा ज्यान गुमाउने चालकलाई श्रदान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना दिनुभएको छ । यस्तै घाइते शिक्षक र विद्यार्थिको शिघ्रस्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

May be an image of one or more people, chess, dais and text that says "भूति थ्ान 원 สุทนกย yutuhi लिका"

कार्यक्रममा बोल्दै उहाँले मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । खेलविकासमा भूमिकास्थानले लगानी र गतिविधि निरन्तर गर्दै आएको स्मरण गर्दै नगरप्रमुख थापाले आगामी दिनमा पनि खेलक्षेत्रमा काम गर्ने वचन दिनुभएको छ ।

May be an image of one or more people, crowd and text

कार्यक्रममा उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले खेलकुदको माध्यमबाट शारिरिक स्फूर्ति बढाउनुका साथै चौतर्फी रुपमा क्षमता विकासमा सहयोगी सिद्ध रहने उल्लेख गर्नुभयो ।

May be an image of temple and text

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिलेदौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपूट, ज्यावलिङ थ्रो लगायतका खेल समावेश गरिएको छ । विजेता विद्यार्थि र स्कुललाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने पालिकाले जनाएको छ ।

May be an image of dais, temple and text

प्रतियोगितामा जनजागृती मा.वि.धनचौर बाहेक नगरभित्रका १२ वटा मा.वि.तहका विद्यार्थीले प्रतिस्पर्धा गर्ने भूमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओशनले जानकारी दिनुभएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको हो ।

May be an image of temple, dais and text

खेल उद्घाटन कार्यक्रममा भूमिकास्थानका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

थप तस्बिर :

May be an image of text that says ""कृषि पर्यटन उद्योग स्वारोजगार समुः भूमिकाह्यामको मृल आधार भूमिकास्थान 'स्वास्थयका लांगि खेलकृद, राष्ट्रका नगरपालिका लांगि सलकुद नुवाकोट, अघाखांची आठो राष्ट्रपाति रनिड शिल्ड प्रतियोगिता -ഉയ मिति: २०८२ पौष 99 पौषगतेदेखि निति:२पौ१.तेदे्सिव देखि ป้ม ae"

May be an image of text

May be an image of text

May be an image of one or more people, temple and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of clarinet

May be an image of text

May be an image of one or more people, chess, dais and text that says "भूति थ्ान 원 สุทนกย yutuhi लिका"

May be an image of one or more people and text

May be an image of one or more people, temple, dais and text

Nepal life insurance