राप्रपा र राप्रपा नेपालबीच आज एकता घोषणा समारोह हुदै

imagesimages

 

काठमाडौँ । आज राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा हुदैछ ।

दुवै दलबीच आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए ।

 

Nepal life insurance