नवौं नभिए भलिबल च्याम्पियनसिप: अर्घाखाँचीको खिल्जी युवा क्लब एनभिए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा।

imagesimages

 

काठमाडौं – खिल्जी  युवा क्लब पहिलो जित दर्ता गर्दै नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको पाँचौं दिनको दोस्रो खेलमा‌ ढोरपाटन स्पोर्टस क्लबलाई ३-० ले हराउँदै अन्तिम आठमा पुगेको हो।

खिल्जी ले ढोरपाटन स्पोर्टस क्लबलाई २५-१५,२५-१९,२५-२३ ले हराएर समूह ‘बी’ मा पहिलो जित निकालेको हो । दुबै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रुपमा नकआउट चरणमा पुगिसकेको छ। खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वाटरफाइनलमा खेल्नेछ।

त्यसअघि एपिएफ क्लबको पुरुष टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको थियो।
मणीमकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले अन्तिम आठको यात्रा तय गरेको हो। समूह ‘ए’ को अन्तिम खेलमा‌  एपिएफले मणीमकुन्दलाई २५-१०,२५-१६,२९-२७ ले हराएको हो।

एपिएफ समूह उप विजेताका रुपमा नकआउट चरणमा पुगेको हो। दुबै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ।

images

एपिएफले क्वाटरफाइनलमा समूह ‘सी’ को विजेता रुकुम पश्चिम भलिबल क्लबको सामना गर्नेछ।
महिलातर्फ दुई‌ विभागीय टोली पुलिस र एपिएफ तथा एभरेष्ट भलिबल क्लब र टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लबले‌ एकअर्काको सामना गर्नेछन्।

 

images

Nepal life insurance