राष्ट्रिय एकता तथा मेलमिलाप दिवस: आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदै।

imagesimages

 

काठमाण्डौ – आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्कनुभएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ ।

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैNepal life insurance

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झन्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका बीपी कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीतिमा जोड दिनुभएको थियो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झन्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।

त्यसै वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहा भएपछि भारत पुग्नुभएका कोइरालाले पञ्चायती व्यवस्थाकोविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एशियाका अन्य देशमा विखण्डन शुरू भएकोदेखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।

त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

images

बन्दीगृहमा बस्नुअघि २००८ सालमा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवत्र्तकका रुपमा चिनिनुहुन्छ । मेलमिलाप दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्दैछ ।

 

images

Nepal life insurance