



काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की नेतृ खालिदा जियाको अन्त्येष्टि आज ढाकामा हुदैछ। खालिदालाई संसद परिसरमा उनका पति तथा बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानको चिहान नजिकै गाडिनेछ ।

उनको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको थियो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा थिइन् । खालिदा जियाको मृत्युपछि बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

यस अवधिमा, सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ र सबै आधिकारिक कार्यक्रमहरू स्थगित गरिनेछ। अन्त्येष्टिमा ठूलो संख्यामा राजनीतिक नेताहरू, समर्थकहरू र जनता उपस्थित हुने अपेक्षा गरिएको छ ।

अन्त्यष्टिमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा ढाका पुगेका छन् । त्यस्तै अन्त्यष्टिमा भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत अन्य देशका विशिष्ट व्यक्तिहरु सहभागी हुन लागेको बताइएको छ ।



