स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबैको भूमिकाको अपेक्षा छ- गृहमन्त्री अर्याल

imagesimages

 

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरेको बताएका छन् ।

Nepal life insurance

बिहीबार अध्यागमन विभागद्वारा काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको यथोचित भूमिकाको अपेक्षा गरेको बताएका हुन् ।

उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउने उदेश्यले शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार  यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत, बसाईलाई प्रभावकारी बनाउने उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्व स्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने बताए ।

 

Nepal life insurance