मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमा वनभोज खान गएको भन्दै आलोचना, आफ्नै खर्चमा गएको सचिवालयको दाबी

imagesimages

 

काठमाडौं । बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ ।

सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिराहा पुगेका थिए ।

Nepal life insurance

चर्को आलोचना भएपछि उनको सचिवालयले भन्दै आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेको छ । मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेका हुन् ।

उनले आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको बताउदै त्यहाँ पुगेपछि सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको र त्यसतर्फ गएको बताएका छन् ।

उनले भनेका छन्- ‘बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँज्यु आज बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम र सिरहामा भएको पार्टीको कार्यक्रममा सिरहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवज्यूले गर्नुभएको निमन्त्रणामा सडक मार्ग हुँदै दुवै तर्फको कार्यक्रममा सहभागी हुन असम्भव भएको हुँदा उहाँले नितान्त आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत दुवै कार्यक्रममा सहभागी हुनुभएको जानकारि गराउँदै भ्रमको पछि नलाग्नु हुन सबैमा जानकारी गराउँदछु ।’

images

 

Nepal life insurance

images