अर्घाखाँची: छत्रदेव–२ बल्कोटमा गिद्ध संरक्षण अभाव, प्राकृतिक कुचिकार मृत अवस्थामा फेला पर्न थाले (तस्बिर सहित)

 

imagesimages

 

 -केशब पन्थी , अर्घाखाँची डटकम। 

अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोटस्थित वृद्धि सामुदायिक वन क्षेत्रमा गिद्ध संरक्षणको गम्भीर अभाव देखिएको छ। प्राकृतिक कुचिकार (Nature’s Scavenger) का रूपमा परिचित गिद्धहरू पछिल्लो समय मृत अवस्थामा फेला पर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

Nepal life insurance

स्थानीय समाजसेवी पिताम्बर खनालका अनुसार, गिद्धहरूको मृत्युको मुख्य कारण आहारको अभाव हो। पहिले सहज रूपमा उपलब्ध हुने मरेका जनावर र सुरक्षित आहारस्थलको कमीका कारण गिद्धहरू कमजोर हुँदै मृत अवस्थामा भेटिन थालेका हुन्।

प्राकृतिक कुचिकार गिद्धले 🌿 गिद्धहरूले वातावरण सफा राख्ने र रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछन्। गिद्धहरू प्राकृतिक सफाइकर्मी मानिन्छन्। मरेका जनावर खाएर वातावरण सफा राख्ने, रोग फैलिन नदिने र जैविक सन्तुलन कायम राख्न उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। संरक्षणमा ढिलाइ हुँदा गिद्धको संख्या घट्नु वातावरणीय दृष्टिले गम्भीर चुनौती हुन सक्ने स्थानीयको भनाइ छ।

स्थानीयवासीहरूले स्थानीय तह, डिभिजन वन कार्यालय र सरोकारवाला निकायलाई समयमै सक्रिय हुन आग्रह गर्दै गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र स्थापना, आहार व्यवस्थापन र जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

यदि समयमै प्रभावकारी कदम नचालिए, प्राकृतिक कुचिकार गिद्धको अस्तित्व नै संकटमा पर्न सक्ने उनीहरूको चेतावनी छ।

थप तस्बिर :

May be an image of hornbill and vulture
May be an image of vulture and hawk

May be an image of hornbill and vulture

Nepal life insurance